ad ad

खेल


१४ महिनापछि टी-२० मा फर्किए विराट र रोहित, विश्वकप खेल्ने पक्का

१४ महिनापछि टी-२० मा फर्किए विराट र रोहित, विश्वकप खेल्ने पक्का

नेपालखबर
पुस २४, २०८० मंगलबार १६:५१, काठमाडौँ

भारतीय स्टार क्रिकेटरहरू विराट कोहली र रोहित शर्मा १४ महिनापछि टी-२० टिममा फर्किएका छन्। यससँगै अब उनीहरूले दक्षिण अफ्रिकामा हुने टी-२० विश्वकप खेल्ने पनि पक्का भएको छ।

रोहित र विराटको जोडीले एकसाथ ५ टी-२० विश्वकप खेलेका छन्। तर यो जोडीले अहिलेसम्म एउटा पनि उपाधि चुम्न सकेको छैन।

रोहित शर्मा र विराट कोहलीले बितेका १४ महिनायता कुनै पनि टी-२० इन्टरनेशनल खेलेका थिएनन्। 

पछिल्लो टी-२० विश्व कपको सेमिफाइनलमा हार भोगेपछि भारतीय छनोटकर्ताहरूले अन्य युवा खेलाडीलाई अवसर दिइरहेका थिए। 

तर अब अफगानिस्तानविरुद्ध ११ जनवरीदेखि सुरु हुन लागेको तीन टी-२० म्याचको सिरिजका लागि भारतीय टिममा यी दुईको वापसी भएको हो।

टी-२० विश्वकपमा वान डेकै टिम
भारतीय क्रिकेट कन्ट्रोल बोर्डका एक अधिकारीका अनुसार टी-२० विश्वकपमा पनि वान डे विश्वकपको फाइनल खेलेको टोली नै उत्रिनेछ।

घरेलु भूमिमा भएको एक दिवसीय विश्वकपको उपाधि अस्ट्रेलियालाई सुम्पिए पनि भारतीय टिमले उत्कृष्ट खेलेको थियो। 

एक दिवसीयमा आक्रमक देखिएको भारतीय टोलीको त्यही सेट नै टी-२० विश्वकपमा उत्रिने करिब तय भएको हो। 

रोहित र विराट एकदिवसीय विश्वकपको टिममा थिए। त्यहीकारण उनीहरू टी-२० फर्म्याटमा पनि फिर्ता भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .