ad ad

खेल


नेपालमा पहिलो बेसबल फाइभ च्याम्पियनसिप हुँदै, कसरी खेलिन्छ यो खेल?

नेपालमा पहिलो बेसबल फाइभ च्याम्पियनसिप हुँदै, कसरी खेलिन्छ यो खेल?

नेपालखबर
पुस २४, २०८० मंगलबार १७:१५, काठमाडौँ

नेपालमा पहिलोपटक राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिप हुने भएको छ।

नेपाल बेसबल तथा सफ्टबल संघको आयोजना र बागमती प्रदेश बेसबल संघको सहआयोजनामा दुई दिने प्रतियोगिता हुन लागेको हो।

प्रतियोगिता बुधबार र बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने संघका अध्यक्ष दीपक न्यौपानेले जानकारी दिए।

नेपालमा सन् २०२३ देखि खेल्न सुरु गरिएको यस खेलको पहिलोपटक प्रतियोगिता आयोजना हुन लागेको हो।

पहिलो संस्करणमा सात वटा प्रदेशका टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक टिममा आठ जना खेलाडी र दुई अफिसियल गरी कुल १० जना सदस्य रहनेछन्। टिममा दुई जना महिला खेलाडी अनिवार्य हुनुपर्ने र पाँच जनाको प्लेइङ सेटमा एक महिला खेलाडी अनिवार्य गरिएको संघका अध्यक्ष न्यौपानेले बताए।

सात वटा प्रदेशको टिमबाट लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता दुई समूहमा विभाजन गरिएको छ। डब्लूबीसीएसीको नियमअनुसार पाँच इनिङको खेल हुनेछ।

प्रतियोगिताको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ पाउनेछन्।

संघका अध्यक्ष न्यौपानेले सात वटै प्रदेशको टोलीलाई छनोटबाट राष्ट्रिय प्रतियोगितामा समावेश गरिएको बताए।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .