ad ad

खेल


क्यान महाप्रबन्धकमा ढुंगानाको नियुक्तिविरुद्ध कोइराला अदालत जाने

क्यान महाप्रबन्धकमा ढुंगानाको नियुक्तिविरुद्ध कोइराला अदालत जाने

नेपालखबर
पुस २५, २०८० बुधबार १७:५४, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धक (जीएम) नियुक्ती त्रुटीपुर्ण भएको भन्दै अर्का प्रतिस्पर्धी नवराज कोइरालाले अदालतसम्म पुग्ने चेतावनी दिएका छन्।

कोइरालाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जिएम नियुक्ती त्रुटीपुर्ण भएको बताएका हुन्।

बुधबार पत्रकार सम्मेलन गरी उनले अदालत जाने चेतावनी दिएका हुन्।

क्यानले नोभेम्बर २३ मा प्रबन्धक (जिएम)को आवेदन माग गरेको थियो। २०२४ जनवरी १ मा १४ जनालाई छनोट गरेको क्यान सचिव पारस खड्काले इमेल मार्फत जानकारी दिएको उनले बताए।

कोइरालाद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘खड्काले लिखित परीक्षा ४ जनवरीमा हुने भन्दै पौने ५ देखि सवा ६ सम्म परीक्षाको मिति तोकिएको थियो जसमा २०२४ हुनुपर्नेमा २०२३ लेखिएको थियो र परीक्षा मनास्लु होटल लाजिम्पाटमा बोलाइएको यिथो। परीक्षामा हामी ११ जना सहभागी भएका थियौं। परीक्षाको भोलिपल्ट बेलुका इमेल आउँछ, प्रेजेन्टेसन राउण्ड र इन्टरभ्यु राउन्ड हुन्छ भनेर।’

क्यानले बलियो नेपालका उत्सव ढुङ्गानालाई जिएममा नियुक्त गरेको भन्दै सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिएको थियो।

ढुङ्गानालाई जिएममा नियुक्ती गर्दाका सात त्रुटीलाई बुँदागत रुपमा उल्लेख गरेका छन्।

उनले लेखेका छन्ः
१. शनिबारको दिन सरकारी संस्था क्यानको जनरल म्यानेजरको पदको अन्तरवार्ता एउटा लाजिम्पाटको होटलमा किन, क्यानको अफिस छैन? अफिस खुल्ने दिन किन नलिएको?

२. जनरल म्यानेजरलाई लिखितमा सोधेको प्रश्नको लेभल जुनिएर स्टाफलाइ सोधे जस्तो थियो जुन बाट जिएम कसरि छनोट हुन्छ? ४ जनवरी २०२४ अफिस समय सकिएपछी ५ बजेदेखि ६ बजेसम्म किन लिखित परीक्षा गरियो?

३. क्यान का सचिवले जीएम को सर्ट लिष्ट क्यान्डिडेड को नामावली पत्रिका अथवा सुचना पार्टीमा किन पब्लिस नगरेर इमेल मार्फत क्यान्डिडेटलाई मात्र जानकारी गराएको?

४. ५ जनवरी २०२४ मा ७ बजे इमेल गरेर भोलिपल्ट ११ बजे नै प्रेजेन्टेसन र अन्तर्वाता छ भनेर इमेलमार्फत किन छोटो समय दिइयो जसमा जीएम क्यान्डिडेटले रातभरीमा कस्तो प्रस्तुती गर्न सक्छन्?

५. बलियो नेपालको संस्थापकमा रहेको क्यानका सचिव पारस खड्का र त्यस संस्थाका आबद्ध व्यक्तिलाई नै किन जनरल म्यानेजर छनोट गरियो के यो नेपोटिजम् हो?

६. अब नयाँ परिक्षा लोकसेवालाई अनुरोध गरेर लिनु पर्ने कुरा प्रधानमन्त्री, खेलकुद मन्त्रालय, खेलकुद विभाग र सम्पूर्ण खेलप्रेमी नेपालीहरुमा अनुरोध गर्दछु ।

७. हाम्रो माग क्यान भन्ने संस्था कसैको निजी कम्पनी नभएकोले समग्र नेपालको क्रिकेट खेलको बिकासको लागि राम्रो नेतृत्व आउनु पर्छ भन्ने हो र यदि ७२ घण्टा भित्र जनरल म्यानेजरको छनोट प्रक्रियामा भएको त्रुटी सुधार नगरे हामी क्यान्डिडेटहरु सम्माननीय सर्वोच्च अदालतमा गएर क्यानका सचिव पारस खडका र क्यानलाई जनरल म्यानेजर छनोट प्रक्रिया विरुद्ध मुद्दा हाल्ने कुरा यही पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .