ad ad

खेल


पुलिसका रविन सर्वोत्कृष्ट, पहल उदीयमान खेलाडी घोषित

पुलिसका रविन सर्वोत्कृष्ट, पहल उदीयमान खेलाडी घोषित

नेपालखबर
पुस २६, २०८० बिहिबार १६:५८, सुर्खेत

३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि उचालेको नेपाल पुलिस क्बलका खेलाडी प्रतियोगिताको सर्वोत्कृष्ट र उदीयमान घोषित भएका छन्।

नेपाल पुलिस क्लबका स्पाइकर रविन चन्द सर्वोत्कृष्ट खेलाडी बने भने पुलिसकै पहल गहतराज उदीयमान खेलाडी घोषित भएका हुन्।

सुर्खेतस्थित वीरेन्द्रनगरको खुल्लामञ्चमा भएको प्रतियोगितमा एपीएफलाई हराउँदै पुलिस विजयी भएको हो।

पुलिसलाई ३४औं संस्करणको राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनाउन यी दुई खेलाडीले शानदार प्रदर्शन गरेका थिए। रविनले समूह चरणको तुलनामा सेमिफाइनल र फाइनलमा सानदार प्रदर्शन गरेका थिए।

फाइनलमा एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो।

उपाधिसँगै पुलिसले १ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

सर्वोत्कृष्ट खेलाडी बनेका रविनले ट्रफीसँगै १० हजार रुपैयाँ प्राप्त गरे। यस्तै, उनलाई लक्ष्मी नारायाण मेमोरियल ट्रष्टबाट १२ हजार, अमेरिकामा रहेका नेपाल भलिबल संघ सुर्खेतका वरिष्ठ उपाध्यक्षले १० हजार रुपैयाँ, हङकङमा रहेका मोहन बाकमलले ५ हजार रुपैयाँ सम्मान स्वरूप पुरस्कार प्रदान गरेका छन्।

यस्तै, उदीयमान खेलाडी पहलले ट्रफीसँगै ५ हजार रुपैयाँ हात पारेका छन्। पुलिसकै कप्तान इम राना सेटर, रविन नगरकोटी ब्लकर, भीम गाहा लिवेरो र चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक चुनिएका छन्।

यस्तै, एपीएफका हेमन्त मल्ल स्पाइकर र गण्डकी प्रदेशका जीवन सुनार उत्कृष्ट सर्भर घोषित भएका छन्। उनीहरुले समान ५ हजार रुपैयाँसँगै ट्रफी हात पारेका छन्।

बिहीबार नै भएको खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .