स्पेनिस सुपर कपको उपाधिका लागि क्याटलान क्लब बार्सिलोना र रियल मड्रिड भिड्ने भएका छन्।
गएराति भएको दोस्रो सेमिफाइलमा साउदी अरेबियाको ओसासुनालाई २–० गोल अन्तरले हराउँदै बार्सिलोनाले सुपर कपको फाइनलमा स्थान बनाएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो।
बार्सिलोनाको जितमा रोबर्ट लेवन्डोस्की र लामिन यामलले गोल गरे।
खेलको ५९ औं मिनेटमा इल्के गुन्डोगनको पासमा लेवान्डोस्कीको गोलमा बार्साले सुरुआती अग्रता बनाएको थियो।
थप गरिएको तेस्रो मिनेटमा लामिन यामलको गोलमा बार्सिलोनाले अग्रता दोब्बर पार्दै जित निकालेको हो।
बार्सिलोनाले कीर्तिमानी १४ पटक सुपर कपको उपाधि जितेको छ। उपाधि भिडन्त आइतबार हुनेछ। रियलले भने एथलेटिको मड्रिडलाई ५–३ गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको थियो।
अघिल्लो सिजन पनि बार्सा र रियल नै उपाधिका लागि भिडेका थिए। सो सिजनमा बार्साले बाजी मारेको थियो।
Shares
प्रतिक्रिया