ad ad

खेल


मैत्रीपूर्ण फुटसलमा युवा संघ र खेलकुद पत्रकारले बराबरी खेले

मैत्रीपूर्ण फुटसलमा युवा संघ र खेलकुद पत्रकारले बराबरी खेले

नेपालखबर
पुस २७, २०८० शुक्रबार १२:४, काठमाडौँ

नेकपा (एमाले) निकटको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीचको मैत्रीपूर्ण फुटसल ५–५ को बराबरीमा टुंगिएको छ।

'केपी ओली कप–२०८०' को प्रचार–प्रसारको उद्देश्यसहित बिहीबार आयोजित मैत्रीपूर्ण फुटसलमा एनएसजेएफले ५–१ ले पछि परेको अवस्थाबाट पुनरागम गर्दै खेल बराबरीमा ल्याएको हो। 

युवा संघका मिसन राईले ह्याट्रिक गरे। यस्तै, युवा संघका अध्यक्षसमेत रहेको क्षितिज थेवे र मिलन बमले समान एक गोल थपे। 

एनएसजेएफका शिशिर बस्नेतले ह्याट्रिक गर्दा अभिनव जोशी र बासु ढेके अवालले एक–एक गोल गरे।

'केपी ओली कप'को दोस्रो संस्करण फागुन ११ देखि २० गतेसम्म आयोजना हुने तालिका छ।

यसअघि प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा मच्छिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो। 

प्रतियोगिताको फाइनलबाहेक सबै खेल च्यासलस्थित एन्फाको मैदानमा हुने छ। फाइनल खेल भने शरथ रंगशालमा हुने संघका प्रवक्ता निरोज पौडेल ले जानकरी गराए। प्रतियोगितामा सहभागिताका लागि खुला आह्वान गरिने र त्यसपछि सहभागी टिमको छनोट गरिने पनि आयोजकले जनाएको छ।

नेपालका ‘ए’ डिभिजन र विदेशी टोलीलाई प्रतियोगितामा सहभागी गराउने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले ११ लाख र दोस्रो टोलीले पाँच लाख रुपैयाँ पाउने प्रवक्ता पौडेल ले बताए।

यसैगरी, उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ पाउने छन्। उत्कृष्ट गोलरक्षकर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने छन्। हरेक खेलको ‘म्यान अफ दी म्याच’ले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .