ad ad

खेल


नेपालसँग स्कटल्याण्ड ७ विकेटले पराजित

नेपालसँग स्कटल्याण्ड ७ विकेटले पराजित

नेपालखबर
पुस २९, २०८० आइतबार ६:४६, काठमाडौँ

नेपालले स्कटल्यान्डलाई सात विकेटले पराजित गरेको छ। 

आईसीसी यू–१९ विश्वकप अघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको हो। वर्षाको कारण अवरुद्ध खेलमा नेपालले स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ विकेटले पराजित गरेको छ।

एक सय १५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले २९.१ ओभरमा ९९ रन बनाउन तीन विकेट गुमाएको अवस्थामा वर्ष सुरु भएको थियो। त्यसपछि खेल रोकिएको थियो। 

टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ४ं४ ओभरमा ११४ रन बनाउँदा अलआउट भएको थियो। 

नेपालका लागि अर्जुन कुमालले ३३ र आकाश त्रिपाठीले २९ रन बनाए।गुलशन झा र तिलक भण्डारीले ३३ विकेट लिए। आइसिसी यू–१९ विश्वकपका लागि दक्षिण अफ्रिका पुगेको नेपाली टोलीको यो तेस्रो जित हो।

नेपाल यू– १९ विश्वकपको समूह ‘डी’ मा छ। नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्। आगामी माघ ७ गते न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपाल विश्वकपको सुरुवात गर्ने तयारीमा छ। 

नेपालको दोस्रो खेल माघ १० गते पाकिस्तान र समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तानसँग हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .