ad ad

खेल


दुवै हात नभएका क्रिकेट कप्तान, जसको संघर्ष सुनेर भाुवक भए गौतम अदानी (भिडिओ)

काँध र घाँटीको सहायताले ब्याटिङ, खुट्टाले बलिङ
दुवै हात नभएका क्रिकेट कप्तान, जसको संघर्ष सुनेर भाुवक भए गौतम अदानी (भिडिओ)

क्रिकेटर आमिर हुसेन


नेपालखबर
पुस २९, २०८० आइतबार १३:३७, काठमाडौँ

सचिन तेन्दुलकरपछि भारतीय उद्योगपति गौतम अदानीले जम्मु कस्मिरका अपांगता भएका क्रिकेटर आमिर हुसेन लोनको तारिफ गरेका छन्।

अदानीले पारा क्रिकेट टिमका कप्तान लोनलाई सहयोग गर्ने आश्वासन पनि दिएका छन्।

समाचार एजेन्सी एएनआईले भिडिओमार्फत आमिर हुसैन लोनको संघर्षको खुलासा गरेको एक दिनपछि गौतम अदानीले आफ्नो एक्स ह्यान्डलमार्फत उक्त घोषणा गरेका हुन्।

एएनआईको भिडिओ रिट्विट गर्दै अदानीले लेखेका छन्, ‘आमिरको यो भावुक बनाउने कथा अद्भूत छ। हामी तपाईंको साहस, खेलप्रतिको समर्पण र प्रतिकूल परिस्थितिमा पनि कहिल्यै हार नमान्ने भावनालाई सलाम गर्छाैँ।’ 

गौतम अदानीले अदानी फाउन्डेसनले छिट्टै आमिर हुसेन लोनलाई सम्पर्क गर्ने र उनको अनौठो यात्रामा सम्भावित सबै सहयोग उपलब्ध गराउने बताएका छन्। 

उनले लेखेका छन्, ‘तपाईंको संघर्ष हामी सबैका लागि प्रेरणा हो।’

यसअघि शुक्रबार सचिन तेन्दुलकरले लोनको भिडिओ रिट्विट गर्दै लोनले  असम्भवलाई सम्भव बनाएको लेखेका थिए।

तेन्दुलकरले एक्समा लेखेका थिए, ‘र, आमिरले असम्भवलाई सम्भव बनाएका छन्। म यो देखेर धेरै प्रभावित छु। यसले खेलप्रति उनको कति माया र समर्पण छ भन्ने देखाउँछ।’

भिडिओमा सचिनको जर्सी लगाएर खेलिरहेका आमिरको बारेमा उनले यो पनि भने, ‘आशा छ, म एक दिन उनलाई भेट्नेछु र उनीबाट उनको नामको जर्सी लिनेछु। क्रिकेट खेल्न मन पराउने लाखौँ मानिसलाई प्रेरणा दिनुभएकामा धेरै धेरै धन्यवाद!’

अदानी र सचिनलाई आमिरले दिए धन्यवाद 
आमिर हुसैन लोनले गौतम अदानीको घोषणालाई स्वागत गर्दै धन्यवाद दिएका छन्। 

लोनले भने, ‘सबैभन्दा पहिले म अदानी सरलाई धन्यवाद दिन चाहन्छु, जसले मलाई यसका लागि सक्षम ठान्नुभएको छ। मैले धेरै संघर्ष गर्नुपरेको छ। आज म धेरै खुसी छु कि सचिन सर र अदानी सरले पनि ट्विट गर्नुभएको छ। आशा छ– मैले पक्कै सहयोग पाउनेछु।’ 

उनले अगाडि भनेका छन्, ‘मेरो देशका यस्ता महान् व्यक्तिले मेराबारे ट्विट गर्नुहुनेछ भन्ने सोचेको पनि थिइनँ।’ 

को हुन् आमिर हुसेन लोन?
अनन्तनाग जिल्लाको बिजबेहराको वाघमा गाउँका ३४ वर्षीय अमिर हुसेन लोनका दुवै हात छैनन्। तर जन्मैदेखि यस्तो थिएन।

उनी ८ वर्षको हुँदा बुबाको मिलमा भएको दुर्घटनामा उनले दुवै हात गुमाएका हुन्। 

यसको केही वर्षपछि उनका एक शिक्षकले उनलाई क्रिकेटमा परिचय गराए। उनले काँध र घाँटीको सहायताले ब्याटिङ गर्छन् भने खुट्टाले बलिङ। 

आमिर हाल आफ्नो राज्यको पारा क्रिकेट टिमका कप्तान छन्। उनले सन् २०१३ देखि व्यावसायिक क्रिकेट खेलिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .