ad ad

खेल


स्पेनिस सुपर कपको उपाधिका लागि बार्सिलोना र रियल मड्रिड भिड्दै

स्पेनिस सुपर कपको उपाधिका लागि बार्सिलोना र रियल मड्रिड भिड्दै

नेपालखबर
पुस २९, २०८० आइतबार १६:२, काठमाडौँ

स्पेनिस सुपर कपको उपाधिका लागि आइतबार राति क्याटलान क्लब बार्सिलोना र रियल मड्रिड भिड्दै छन्।

फाइनल मध्य राति पौने १ बजे सुरु हुनेछ।

बार्सिलोना कीर्तिमानी १५ औं उपाधि जित्नका लागि खेल्नेछ। बार्सिलोनाले यसअघि १४ पटक सुपर कपको उपाधि जितेको छ।

बार्सिलोनाले दोस्रो सेमिफाइलमा साउदी अरेबियाको ओसासुनालाई २-० गोल अन्तरले हराउँदै रियलसँगको भेट पक्का गरेको थियो।  

यता रियलले भने एथलेटिको मड्रिडलाई ५–३ गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको थियो।

अघिल्लो सिजन पनि बार्सा र रियल नै उपाधिका लागि भिडेका थिए। सो सिजनमा बार्साले बाजी मारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .