घरेलु मैदानमा हुने साफ यू–१६ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ।
फागुन १९ गते हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।
फागुन १८ गतेदेखि सुरु हुने च्याम्पियनसिपको पहिलो खेलमा भारत र भुटान भिड्नेछन्। २१ गते हुने खेलमा नेपाल र भुटान भिड्नेछन्।
समूह चरणको अन्तिम खेलमा २४ गते भारतसँग खेल्ने तालिका छ।
च्याम्पियनसिपमा आयोजक नेपालसँगै भारत, भुटान र बंगालदेश छन्। समूहका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। फाइनल खेल फागुन २७ गते हुनेछ।
च्याम्पियनसिप फागुन १८ देखि २७ गतेसम्म हुनेछ। सबै खेल च्यासल मैदानमा हुनेछ।
प्रतिक्रिया