ad ad

खेल


टाइगर कप भलिबल प्रतियोगिताको तयारी पूरा

टाइगर कप भलिबल प्रतियोगिताको तयारी पूरा

नेपालखबर
पुस २९, २०८० आइतबार १७:५४, काठमाडौँ

पोखरामा सोमबारदेखि सुरु हुने चौथो टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ।

टाइगर ग्रुप अफ पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो।

प्रतियोगितामा भाग लिन सबै टोली पोखरा पुगिसकेका छन्। प्रतियोगितामा २ विदेशीसहित पुरुष र महिलातर्फ समान ६ गरि १२ टिम सहभागी हुने टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्माले जानकारी दिए।

प्रतियोगितामा पुरुषतर्फ श्रीलंकाको आर्मी टोली र महिलातर्फ भारतको हरियाणा क्लब सहभागी हुनेछ।

प्रतियोगिताका लागि पोखरा रंगशाला भलिबल टे«निङ सेन्टरमा करिब १० हजार क्षमताको प्यारापिट तयार गरिएको छ।

प्रतियोगिता लिगकम नकआउटको आधारमा हुनेछ।

प्रतियोगितामा आयोजक गण्डकी प्रदेशको तर्फबाट महिला तथा पुरुष दुवै टोलीमा समान तिन भारतिय खेलाडीलवाई अनुबन्ध गरिएको छ।

गण्डकीको टोलीमा यो पटक भारतीय राष्ट्रिय भलिबल टोलीका कप्तान विनितकुमार चौधरीले खेल्दैछन्। हेल्प नेपालले भने पाकिस्तानी खेलाडी अनुबन्ध गरेको छ।

प्रतियोगितामा महिलातर्फ आयोजक गण्डकी प्रदेशसहित भारतको हरियाणा क्लब, चन्द्रागिरी नगरपालिका, न्यू डायमन्ड स्पोर्टस क्लब, विभागीय नेपाल पुलिस, नेपाल आर्मी र एपिएफ क्लबले खेल्ने आयोजकले जनाएको छ।

पुरुषतर्फ आयोजक गण्डकीसहित श्रीलंकन टोली, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लब, हेल्प नेपाल स्पोर्टस क्लब र तिन विभागीय टोली सहभागी हुनेछन्।

यो पटक पुरस्कार राशीमा समेत वृद्धी गरिएको अध्यक्ष शर्माले बताए। यो पटक अघिल्लो संस्करणको तुलनामा ५० हजार रुपैयाँले पुरस्कार राशी वृद्धि गरिएको हो।

प्रतियोगितामा महिला पुरुष दुवैतर्फका विजेताले समान ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन्।

उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ र तेस्रो हुनेले १ लाख २५ हजार ५५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। विधागततर्फका विजेताले एक्टेप फेसनको तर्फबाट जुत्ता उपहार पाउनेछन्।

प्रतियोगिता सम्पन्न गर्न १ करोड रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ।

तेस्रो संस्करणमा पुरुषतर्फ आयोजक गण्डकी र महिलातर्फ विभागीय एपीएफले उपाधि जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .