ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीविरुद्ध सुदूरपश्चिमको सहज जित

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीविरुद्ध सुदूरपश्चिमको सहज जित

तस्बिर : क्यान


नेपालखबर
माघ १, २०८० सोमबार १७:३६, काठमाडौँ

नारायण जोशीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई हराउँदै विजयी सुरुआत गरेको छ। 

सोमबार भएको खेलमा सुदुरपश्चिमले लुम्बिनीलाई ५ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो। 

जितसँगै सुदुरपश्चिम अंक तालिकाको तेस्रो स्थानमा छ। 

लुम्बिनीले दिएको १ सय ५९ रनको लक्ष्य सुदूरपश्चिमले २९ं३ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। 

सुदूरपश्चिमको जितमा शेर मल्ल ४२ र नारायण जोशी २८ रनमा नटआउट रहे। ओपनर खडक बोहराले २१, टेक रावतले १८ रन थपे। किरन ठगुन्नाले १६ र नरेन भट्टले १२ रन थपे। 

लुम्बिनीका अभिषेक गौतमले ३ विकेट लिए। कृष्ण कार्की र अजय चौहानले समान एक् विकेट लिए। 

त्यसअघि भैरहवाको सिद्धार्थनगरमा सुदुरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनी ४८.४ ओभरमा १ सय ५८ रन बनाउँदा अलआउट भयो। 

लु्म्बिनीका लागि प्रज्वल थापाले बनाएको ४२ रन नै सर्वाधिक रह्यो। 

मोहम्मद हुसैनले २६ रन थपे। ओपनर विरात भण्डारीले २३ रन बनाए। मिनल गुरुङले १४ र दिलसद अलीले १० रन बनाए। 

कृष्ण कार्की १२ रनमा नटआउट रहे। लुम्बिनीका ५ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

सुदूरपश्चिमका लागि नारायण जोशी एक्लैले ३ विकेट लए। नरेन साउद, भोजराज भट्टले समान २ विकेट लिए। मिलन बोहोराको नाममा एक विकेट रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .