ad ad

खेल


आईसीसी यू–१९ विश्वकप अभ्यास खेलमा नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

आईसीसी यू–१९ विश्वकप अभ्यास खेलमा नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

नेपालखबर
माघ २, २०८० मंगलबार ११:२९, काठमाडौँ

आईसीसी यू–१९ विश्वकपका लागि दक्षिण अफ्रिकामा रहेका नेपाली युवा टोली आफ्नो अन्तिम अभ्यास खेलमा आज वेष्ट इन्डिजसँग खेल्दैछ।

नेपाल र वेष्ट इन्डिजबीचको खेल जोहानेसबर्गमा सोमबार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ। नेपालले पहिलो अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध ७ विकेटले जित हात पारेको थियो। 

त्यसअघिकै अभ्यास खेलमा नेपाली युवा टोलीले स्कटल्यान्डलाई १३५ रनले तथा अर्को खेलमा नामिबियालाई ६ रनले हराएको थियो। 

यसअघिका तीन अभ्यास खेलमा नेपाल अपराजित रहेको छ। अन्तिम अभ्यास खेलपछि नेपालले यू–१९ विश्वकप खेल्नेछ। नेपालले सन् २०१६ पछि विश्वकप खेल्न लागेको हो।

सन् २००२ देखि २००८ सम्म लगातार पाँच पटक विश्वकप खेलेको नेपाली टोलीले आठ वर्षपछि विश्वकप खेल्न लागेको हो। 

नेपालले यसअघि सन् २००० मा श्रीलंकामा भएको विश्वकपमा पहिलो पटक सहभागिता जनाएको थियो। 

सन् २००२ मा न्युजिल्यान्ड, २००४ मा बंगलादेश, सन् २००६ मा श्रीलंका, २००८ मा मलेसिया र सन् २०१२ मा अस्ट्रेलियामा विश्वकप खेलेको थियो। 

नेपालले पहिलो खेलमा माघ ७ गते न्युजिल्यान्डसाग खेल्ने तालिका छ। दोस्रो खेलमा १० गते पाकिस्तान र समुह चरणको अन्तिम खेलमा १२ गते घरेलु टोली अफगानिस्तानसँग खेल्ने तालिका छ। 

हरेक समूहका शीर्ष तीन टोली सुपर ६ मा पुग्नेछन्। समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह बी मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड तथा समूह सी मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन्। 

समूह ए र डी का टोलीले सुपर सिक्स खेल्नेछन्। समूह बी र सी का सुपर सिक्समा हुनेछन्। हरेका समूहका पुछारका टोलीले १२ देखि १६ औँ स्थानका लागि प्लेअफ खेल्नेछन्। हरेक सुपर सिक्सका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन्।  

नेपाली यु १९ टोली
देव खनाल –कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .