ad ad

खेल


टाइगर कप : आर्मीको जितसँगै न्यु डायमण्ड सेमिफाइनलमा

टाइगर कप : आर्मीको जितसँगै न्यु डायमण्ड सेमिफाइनलमा

फाइल तस्बिर


नेपालखबर
माघ २, २०८० मंगलबार १३:४१, काठमाडौँ

भारतको हरियाणा क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। 

आर्मीले हरियाणा टोलीलाई हराउँदा न्यु डायमण्ड भने सेमिफाइनमा पुगेको छ। 

जितसँगै आर्मीले २ तथा हरियाणाले एक अंक जोडेका छन्। समूह बी मा न्यु डायमण्डले एक खेलमा ३ अंक छ। आर्मीको दुई खेलमा २ अंक तथा तथा हरियाणाको १ अंक छ। 

पोखरा रगंशालामा मंगलबार भएको महिलातर्फको दोस्रो खेलमा आर्मीले हरियाणलाई ३–२ को सेटमा पाखा लगाएको हो।

आर्मीले हरियाणालाई २५–२२, २०–२५, १८–२५, २५–१७ र १५–१२ ले जित निकालेको हो। पहिलो सेटमा हरियाणालाई २५–२२ ले जित निकालेको थियो। तर आर्मीले दोस्रो र तेस्रो सेट भने लगातार गुमाउन पुग्यो। 

आर्मीले दोस्रो सेट २०–२५ ले तथा तेस्रो सेट १८–२५ ले गुमाएको थियो। तर चौथो सेट २५–१७ ले जित्दै खेललाई बराबरीमा ल्याएको थियो। पाचौँ तथा अन्तिम सेटमा १५–१२ को जित निकाल्यो। राउण्ड रोविन खेलमा भोलि बुधबार डायमण्ड र हरियाणा खेल्ने तालिका छ। 

आर्मी पहिलो खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्डसँग ३–१ को सेटमा पराजित भएको थियो। 

आजै भएको महिलातर्फको पहिलो खेलमा आयोजक गण्डकीलाई हराउँदै नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ। 

आजै हुने पुरुषतर्फको खेलमा एपिएफ र श्रीलंका आर्मी तथा दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र  हेल्प नेपाल स्पोट्र्स क्लबबीच बीच हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .