इटालियन सिरि ए क्लब एएस रोमाले मुख्य प्रशिक्षक जोजे माउरिन्होलाई बर्खास्त गरेको छ।
सोमबार भएको सिरि ए को खेलम एसी मिलानसँग ३-१ गोलले पराजित भएसँगै माउरिन्होको पद धरापमा परेको थियो।
यस्तोमा रोमाले माउरिन्हो तत्कालै लागु हुने गरी क्लबबाट बिदा भएका मंगलबार जनाएको छ।
माउरिन्होको कमानीमा यो सिजन रोमा खराब लयबाट गुज्रिरहेको छ। स्टार खेलाडीलाई अनुबन्ध गरे पनि रोमा यो सिजन सिरि ए को नवौँ स्थानमा छ।
तत्कालको अवस्थामा च्याम्पियन्स लिग त परको कुरा रोमाले युरोपा लिग पनि खेल्न मुस्किल देखिएको छ। लिगको नवौँ स्थानमा रहेको रोमाले २० खेलबाट केबल २९ अंक मात्रै जोड्न सकेको अवस्थामा माउरिन्हो बर्खास्त भएका हुन्।
चेल्सी, रियल मड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक माउरिन्होलाई रोमाले मे २०२१ मा क्लबको ६० औँ प्रशिक्षका रुपमा भित्र्याएको थियो।
उनले सन् २०२१-२२ को सिजनमा रोमालाई मुख्य उपाधिका रुपमा युरोपा कन्फ्रेन्स लिग जिताएका थिए। यो रोमाका लागि सन् १९६०-६१ मा जितेको इन्टर सिटीज फेयर्स कपपछिको ठूलो उपाधि थियो। माउरिन्होले रोमालाई गत सिजन युरोपा लिगको फाइनलमा पुर्याएका थिए। तर सेभिल्लासँग उपाधि भिडन्तमा चुक्न पुगेको थियो रोमा।
यो सिजन सिरि एतर्फ नवौँ स्थानमा रहेको रोमाले माउरिन्होको कमानीमा २० मध्ये ८ खेल जित्यो भने ७ वटामा हार भोगेको छ। अन्य खेलमा बराबरी गरेको थियो।
Shares
प्रतिक्रिया