भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीविरुद्ध आफ्ना दुई पूर्वव्यापार साझेदारले मानहानिको मुद्दा दायर गरेका छन्।
यो मुद्दा दिल्ली उच्च अदालतमा दर्ता भएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार न्यायमूर्ति प्रतिभा एम सिंहले यो मानहानि याचिकाको सुनुवाइ जनवरी १८ मा गर्नेछिन्।
यो मुद्दा धोनीका पूर्व व्यापार साझेदार मिहिरा दिवाकर र सौम्या दासले दायर गरेका हुन्।
आफूहरूविरुद्ध लगाइएको आरोपले आफूहरूको बदनाम गरेको उनीहरूको भनाइ छ।
यसअघि धोनीका वकिलहरूले दुवैविरुद्ध १५ करोड रुपैयाँको ठगीको मुद्दा दायर गरेका थिए।
आर्का स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीविरुद्ध यो मुद्दा दर्ता भएको हो। यस कम्पनीका निर्देशक सौम्या र मिहिरा हुन् ।
711
Shares
प्रतिक्रिया