ad ad

खेल


रुपेश सिंहको उत्कृष्ट प्रदर्शनमा मधेस प्रदेशद्वारा एपीएफ पराजित

रुपेश सिंहको उत्कृष्ट प्रदर्शनमा मधेस प्रदेशद्वारा एपीएफ पराजित

नेपालखबर
माघ ४, २०८० बिहिबार २०:१३, काठमाडौँ

अलराउन्डर रुपेश सिंहको उत्कृष्ट प्रदर्शनमा मधेस प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ।

बिहीबार भएको खेलमा मधेशले पीएम कपको इतिहासमा एपीएफलाई हराउँदै ५ विकेटको जित निकाल्यो।

एपीएफले दिएको २ सय ४७ रनको लक्ष्य मधेसले ४८ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। मधेसको जितमा रुपेश सिंह ७२ रनमा नटआउट रहे। रुपेशले ७२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

पवन सरार्फले ६४ रन थपे। ६६ बलको सामना गरेका पवनले ४ चौका र ५ चौका प्रहार गरे।

निरज यादवले ५२ रनको पारी खेले। अनिल शाहले १९ र अविशेक तिवारीले १३ रन थपे।

एपीएफका लागि रमेश कुर्मी र रोहित पौडेलले समान २ विकेट लिए। मौसम ढकालले १ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मधेश प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४६ रनको योगफल तयार पारेको हो।

एपीएफका लागि आशिफ शेख र कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरे। आशिफले ६९ रनमा ५ चौका र ३ छक्का प्रहार गर्दा ५९ रनमा क्याच आउट भए।

७४ बलमा ५ चौका र २ छक्का हानेका कप्तान पौडेल ५८ रन बनाउँदा क्याच आउट नै भए।

अमर राउटेला ४९ र अविनास बेहोरा ८ रनमा अविजित रहे। सन्दीप जोराले २० रन थपे। अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

मधेशका लागि प्रदिप पासवान र रुपेश सिंहले समान ३ विकेट लिए। रन्जित कुमारले २ विकेट झारे। अरनिको यादवले एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .