ad ad

खेल


टाइगर कप : पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा, आर्मी बाहिरियो

टाइगर कप : पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा, आर्मी बाहिरियो

नेपालखबर
माघ ४, २०८० बिहिबार २०:४०, काठमाडौँ

आयोजक गण्डकी प्रदेश पोखरामा जारी टाइगर कपको सेमिफाइनलमा प्रवेश गरेसँगै पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ।

बिहीबार पोखरा रगंशालास्थित कभर्डहलमा भएको समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबसँग ३–२ को सेटमा पराजित भएपनि गण्डकी सेमिफाइनलमा पुगेको हो।

समूह ए बाट गण्डकीसँगै हेल्प नेपाल अन्तिम चारमा पुगेका हुन्।

यसअघि नै सेमिफाइनल पुगेको हेल्प नेपाल ४ अंकमा शीर्ष स्थानमा रहँदै समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो।

३ अंक भएको गण्डकी प्रदेश समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो।

गण्डकीलाई पराजित गरेपनि २ अंक मात्र भएको आर्मी समूह चरणबाट नै बाहिरियो।

पुरुषतर्फ समूह बी बाट एपीएफ समूह विजेता र श्रीलंका आर्मी उपविजेता बन्दै अन्तिम चारमा पुगेका थिए।

सेमिफाइनलमा एपिएफले घरेलु टोली तथा साविक विजेता गण्डकीको सामना गर्दा हेल्प नेपालले श्रीलंका आर्मीसँग भिड्नेछ।

आर्मीले पहिलो सेट २५–२० ले जितेपनि दोस्रो सेट भने २५–२० ले गण्डकीलाई सुम्पियो। तेस्रो सेट गण्डकीले नै २५–१७ ले हात पार्यो। त्यसपछिको चौथो सेट आर्मीले २५–२१ र १५–६ जितेपनि सेमिफाइन पुग्न पर्याप्त बनेन।

आजै भएको महिलातर्फको सेमिफाइनललमा चन्द्रागिरी नगरपालिका न्यू डायमन्डले नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै एपीएफसँगको भेट पक्का गर्यो।

आजै भएको पहिलो सेमिफाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–२ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।

टाइगर कपमा भोलि शुक्रबार महिलातर्फ तेस्रो स्थानका लागि खेल हुनेछ। पुरुषतर्फ भने सेमिफाइनलका खेलहरु हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .