रियल म्याड्रिड कोप डेल रेबाट बाहिरिएको छ।
गएराति भएको खेलमा एटलेटिको म्याड्रिडसँग ४–२ ले हार्दै रियल प्रि क्वाटरफाइनलबाटै बाहिरिएको हो।
निर्धारित ९० मिनेटको खेलमा २/२ गोलको बराबरी भएपछि थप गरिएको ३० मिनेटमा एटलेटिको विजयी भएको हो।
एटलेटिकोका सामुएल लिनो, अल्भारो मोराटा, एन्टोनी ग्रिजमन र रोड्रिगो रिक्वेल्मीले १/१ गोल गरे।
रियलका लागि जोसेलुले एक गोल गरे भने एटलेटिकोका जान ओब्लाकले आत्मघाती गोल गर्दा रियलको भागमा २ गोल परेको हो।
यो खेलसँगै कोपा डेल रे को क्वाटरफाइनल समीकरण पूरा भएको छ। एटलेटिकोसँगै बार्सिलोना, एथलेटिक बिल्बाओ, सेल्टा भिगो, गिरोना, मल्लोर्का, रियल सोसियडाड र सेभिया अन्तिम ८ मा पुगेका छन्।
अब क्वार्टरफाइनल शुक्रबार हुनेछ।
45
Shares
प्रतिक्रिया