ad ad

खेल


साउदी पुगेका हेन्डरसन ६ महिनामै युरोप फर्किए

साउदी पुगेका हेन्डरसन ६ महिनामै युरोप फर्किए

नेपालखबर
माघ ५, २०८० शुक्रबार १६:२, काठमाडौँ

लिभरपुलबाट यसै सिजन साउदी अरेबिया पुगेका इङल्यान्ड मिडफिल्डर जोर्डन हेन्डरसन ६ महिनामा नै युरोप फर्किएका छन्।  

सन् २०२३–२४ को सिजनका लागि साउदी क्लब अल–इत्तिफाक पुगेका हेन्डरसन आयाक्समा आवद्ध भएपछि युरोप फर्किएका हुन्।

हेन्डरसन लिभरपुल छाड्दै सन् २०२३ को जुलाइ २७ मा १२ मिलियन पाउण्ड प्लस एडअन्सको सम्झौतामा साउदी प्रो लिग क्लब अल–इत्तिफाक पुगेका थिए।

साउदी क्लब अल–इत्तिफाकमा सामेल भएपछि हेन्डरसनले आलोचना पनि सुन्नु परेको थियो। लिभरपुलबाट साउदी क्लबमा सामेल भएपछि एलजीबीटिक्यु प्लस अभियानकर्ताहरुले हेन्डरसनको आलोचना गरेका थिए। किनकी साउदीमा समलिङ्गी यौन गतिविधि अवैध छ। जसको कारण हेन्डरसनले माफी नै मागेका थिए।

१४ अगष्टमा अल नासारलाई २–१ ले हराएको खेलमा हेन्डरसनले डेब्यु गरेका थिए। उनले क्लबका लागि १७ खेल खेले।

क्लब र हेन्डरसनको आपसी सहमतीमा १८ जनवरी २०२४ मा हेन्डरसन आयाक्स  पुगेका हुन्। फ्रि एजेन्टमा हेन्डरसन अब आयाक्स साढे २ वर्ष रहेनछन्।

क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमालाई साउदी पुर्याएपछि चम्किएको साउदी क्लबमा हेन्डरसन पनि तानिएका थिए। तर उनी त्यहाँ एक सिजन पनि टिक्न सकेनन्।

आयाक्स पुगेपछि हेन्डरसनले भने, ‘मलाई यहाँ आउन पाउँदा खुसी लाग्यो, तपाईंहरु सबैलाई भेट्न आतुर छु।’

३३ वर्षीय हेन्डरसनले भने, यो मेरो लागि सजिलो निर्णय थिएन तर मलाई लाग्छ की मेरो र मेरो परिवारका लागि यो उत्तम निर्णय हो।

उनले थपे, ‘म मेरो समयमा सबै समर्थनको लागि क्लब र प्रशंसकहरूलाई धन्यवाद दिन चाहन्छु। मैले पहिलो दिनबाट नै साँच्चै माया महसुस गरें। म हेरिरहनेछु र तपाईको सफलताको आशा राख्छु। भविष्यको लागि शुभकामना।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .