ad ad

खेल


टाइगर कप : पुरुषतर्फको उपाधिका लागि गण्डकी र हेल्प नेपाल भिड्ने

टाइगर कप : पुरुषतर्फको उपाधिका लागि गण्डकी र हेल्प नेपाल भिड्ने

नेपालखबर
माघ ५, २०८० शुक्रबार १६:४५, काठमाडौँ

साविक विजेता गण्डकी प्रदेश पोखरामा जारी चौथो टाइगर कप भबिलल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

योसँगै पुरुषतर्फको उपाधिका लागि घरेलु टोली गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लब भिड्ने भएका छन्।

पोखरा रगंशालाको भलिबल कोर्टमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफ क्लबलाई सोझो सेटमा हराउँदै हेल्प नेपालसँगको भेट पक्का गरेको हो।

तीन भारतीय खेलाडी सम्मिलित गण्डकीले एपीएफलाई २५–१७, २५–२० र २५–२२ ले हराउँदै सहज जित निकालेको हो।

त्यसअघि आजै भएको पहिलो सेमिफाइनलमा पाहुना टोली श्रीलंका आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै हेल्प नेपाल फाइनलमा पुगेको हो।

पहिलो सेट १८–२५ ले गुमाएको हेल्प नेपालले त्यसपछिका सेटमा पुनरागमन गर्दै जित आफ्नो पक्षमा पारेको हो।

हेल्प नेपालले दोस्रो सेटमा २५–१४ ले आफ्नो पक्षमा पार्यो। त्यसपछिका सेटमा लगातार २५–१८ र २६–२४ ले जित्दै हेल्प नेपाल उपाधि नजिक पुगेको हो।

प्रतियोगिताको अन्तिम दिन शनिबार महिला र पुरुषतर्फको फाइनल तथा पुरुषतर्फ तेस्रो स्थानका लागि खेल हुनेछ।

पुरुषतर्फको तेस्रो स्थानका लागि शनिबार एपीएफ र श्रीलंका आर्मी खेल्नेछन्।

महिलातर्फको उपाधिका लागि साविक विजेता एपीएफ र चन्द्रागिरी नगपालिका न्यु डायमण्ड महिला टिम खेल्नेछन्। डायमन्ड पहिलो पहिलो टाइगर कपको फाइनलमा पुगेको हो।

प्रतियोगितामा महिला पुरुष दुवैतर्फका विजेताले समान ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन्।

उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ र तेस्रो हुनेले १ लाख २५ हजार ५५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .