ad ad

खेल


‘यसरी काम गर्न सम्भव छैन’ भन्दै पाकिस्तान क्रिकेट बोर्डका अध्यक्षले दिए राजीनामा

‘यसरी काम गर्न सम्भव छैन’ भन्दै पाकिस्तान क्रिकेट बोर्डका अध्यक्षले दिए राजीनामा

नेपालखबर
माघ ६, २०८० शनिबार १०:२३, काठमाडौँ

पाकिस्तान क्रिकेट बोर्डका अन्तरिम अध्यक्ष जाका अशरफले आफ्नो पदबाट राजीनामा दिएका छन्।

जाका अशरफले शुक्रबार लाहोरमा भएको पीसीबी प्रबन्ध समितिको बैठकको अध्यक्षता गर्दै राजीनामा घोषणा गरेका हुन्।

बैठकमा उनले आफ्नो छोटो कार्यकालमा आफूलाई समर्थन गरेकामा पीसीबी सदस्य र यसका संरक्षक कार्यवाहक प्रधानमन्त्री अनवर–उल–हक ककरलाई धन्यवाद पनि दिए।

यस बैठकको अन्त्यमा अशरफले पीसीबीका संरक्षक प्रधानमन्त्रीलाई राजीनामा बुझाउने निर्णय गरेको बताए।

पछि पाकिस्तानको प्रमुख च्यानल जियो न्युजले दिएको रिपोर्टमा अशरफले भने, ‘मैले क्रिकेट सुधारका लागि काम गरिरहेको थिएँ तर अब यसरी काम गर्न सम्भव छैन। अब यो कुरा प्रधानमन्त्रीमा निर्भर रहन्छ, उहाँले कसलाई मनोनयन गर्नुहुन्छ?’ 

गत वर्ष जुलाईमा उनले नजम सेठीबाट पीसीबीको अन्तरिम अध्यक्षको जिम्मेवारी लिएका थिए। उनलाई चार महिनाका लागि अन्तरिम अध्यक्ष बनाइएको थियो भने पछि प्रधानमन्त्रीले तीन महिना म्याद थप गरेका थिए।

पछिल्ला केही वर्षमा पीसीबी प्रमुख धेरैपटक परिवर्तन भएका छन्। रमिज राजा २०२१ मा अध्यक्ष बने।

त्यसपछि नजम सेठी र यसपछि जाका अशरफलाई जिम्मेवारी सुम्पिइयो। तर कोही पनि एक वर्षभन्दा बढी आफ्नो पदमा रहन सकेनन्।

जाका अशरफको छोटो कार्यकालमा पाकिस्तानी क्रिकेट टोलीले केही हासिल गर्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .