स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडले सेल्टा भिगोलाई पराजित गरेको छ।
गएराति भएको खेलमा भिगोलाई १-० ले हराउँदै रियलले जित निकालेको हो।
रियलका लागि ब्राइस मेन्डेजले एक गोल गरे। त्यसपछि खेलमा कुनै पनि खेलाडीले गोल गर्न सकेनन्। खेलको ११औँ मिनेटमा मेन्डेजले गरेको गोल नै रियलको जितका लागि निर्णायक बन्यो।
यो जितसँगै रियल सोसिडाड २१ खेलबाट ३५ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ। पराजित भएको सेल्टा भिगो १७ अंकसहित १६औँ स्थानमा छ।
24
Shares
प्रतिक्रिया