राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न प्रशिक्षकहरूलाई क्षमता अभिवृद्धि तालिम दिन थालेको छ।
राखेपको तालिम तथा प्रशिक्षण विभाग र नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा उक्त क्षमता अभिवृद्धि तालिम आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले तालिमको उद्घाटन गरे। तालिममा राखेपमा कार्यरत विभिन्न खेलका सहायक प्रशिक्षक र तीन विभागीय टोलीका प्रशिक्षक गरी ४० जना सहभागी छन्।
उनीहरूलाई सुशीलनरसिंह राणा, हिमालराज दाहाल, डा. नवीसमान प्रधान, सञ्जय महर्जन, राजेन्द्ररत्न तुलाधर, लक्ष्मण अधिकारी र रितामैया प्रजापतिले प्रशिक्षण दिँदै छन्। शनिबारसम्म चल्ने तालिममा २१ कक्षा सञ्चालन गरिने छ।
36
Shares
प्रतिक्रिया