आईसीसी यू–१९ विश्वकपअन्तर्गत न्युजिल्यान्डविरुद्ध नेपाली युवा टोली विकेटका लागि संघर्ष गरिरहेको छ।
इस्ट लन्डनको बुफेलो पार्कमा टस जितेर ब्याटिङ गरिरहेको न्युजिल्यान्डले ३२ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा १ सय ४४ रन बनाएर खेलिरहेको छ।
चौथो विकेटका लागि स्नेहित रेड्डी ५१ र कप्तान ओस्कार ज्याक्सन ३६ रनमा नटआउट छन्। नेपालविरुद्ध रेड्डीले ६४ बलमा ४ चौका हान्दै अर्धशतक पूरा गरे।
नेपाली युवा टोली रेड्डी र ज्याक्सनको साझेदारी तोड्ने प्रयासमा रहे पनि सफल हुन सकेको छैन।
त्यसअघि ओपनर टम जोन्स ३३ रनमा तिलक भण्डारीको बलमा बोल्ड आउट भए।
अर्का ओपनर लुक वाटसन १४ रनमा सुवास भण्डारीको बलमा बोल्ड आउट हुँदै पवेलियन फर्के। ओलिभर तेवाटिया शुन्य रनमा नै आउट भए।
पावर प्लेमा विकेट लिन नसकेको नेपालले ११ औं ओभरको पहिलो बलमा नै सुवासले लुक वाष्टनलाई पवेलियनको बाटो देखाए। पावर प्लेमा नेपालले ५३ रन खर्चेको थियो।
Shares
प्रतिक्रिया