ad ad

खेल


नेपालका लागि गुलशनले एकै ओभरमा लिए दुई विकेट

नेपालका लागि गुलशनले एकै ओभरमा लिए दुई विकेट

नेपालखबर
माघ ७, २०८० आइतबार १७:२, काठमाडौँ

आइसीसी यू–१९ विश्वकपमा  नेपालका लागि गुलशन झाले लगातार २ विकेट लिएका छन्। ४२ औँ ओभरको दोस्रो र तेस्रो बलमा झाले लगातार विकेट झार्न सफल भएका हुन्। 

झाले ज्याक कुमिङ र लशलन स्टेकपोललाई शून्यमै पवेलियन फर्काए। यससँगै न्युजिल्यान्डले ४३ ओभरको खेल सकिँदा ६ विकेटको क्षतिमा २२६ रन बनाएको छ।

यसअघि आकाश त्रिपाठीले न्युजिल्यान्डका कप्तान ओस्कार ज्याक्सनलाई बोल्ड आउट गर्दै पवेलियनको बाटो देखाए। 

आकाशले ४२ औं ओभरको पाँचौं बलमा कप्तन ओस्कारलाई ७५ रनमा बोल्ड गर्दै साझेदारी तोडेका हुन्। ओस्कारले ८१ बलमा ३ चौका र ५ छक्का हाने। 

चौथो विकेटका लागि ओस्कार र स्नेहित रेड्डीले १ सय ५७ रनको शतकिय साझेदारी गर्दै न्युजिल्यान्डको इनिङस् उकासेका थिए। 

इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरिरहेको न्युजिल्यान्डविरुद्ध पछिल्लो अवस्थामा नेपालले दबाब बढाएको हो।

नेपालविरुद्ध रेड्डीले ६४ बलमा ४ चौका हान्दै अर्धशतक पूरा गरे। त्यसअघि ओपनर टम जोन्स ३३ रनमा तिलक भण्डारीको बलमा बोल्ड आउट भए।

अर्का ओपनर लुक वाटसन १४ रनमा सुवास भण्डारीको बलमा बोल्ड आउट हुँदै पवेलियन फर्के। ओलिभर तेवाटिया शुन्य रनमा नै आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .