ad ad

खेल


प्रधानमन्त्री कप : कर्णालीको तेस्रो जित, सुदूरको लगातार सातौँ हार

प्रधानमन्त्री कप : कर्णालीको तेस्रो जित, सुदूरको लगातार सातौँ हार

नेपालखबर
माघ ९, २०८० मंगलबार १५:४०, काठमाडौँ

दिनेश अधिकारीको घातक बलिङ र अर्जुन घर्तिको अर्धशतकमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ।

मंगलबार भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई ६ विकेटले हरायो। योसँगै जारी प्रतियोगितामा कोशीले लगातार भोगेको यो सातौं हार हो।  

कोशी प्रदेशले दिएको १ सय ५२ रनको लक्ष्य कर्णालीले २८.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।

कोशीका लागि अर्जुन घर्तिले अर्धशतक पूरा गरे। ४८ बलमा ६ चौका र २ छक्का हानेका अर्जुन अविजित रहे।

१४ बलमा ३ चौका र २ छक्का हिमांशु शाही २४ रनमा नटआउट रहे।

ओपनर विपिन शाही २८ रनमा नटआउट रहे। निश्चल रावल २१ रनमा क्याच आउट भए। कप्तान रविन्द्र शाही १२ रनमा क्याच आउट हुन पुगे।

सुुदूरपशिचमका हेमन्त धामीले ३ विकेट लिए। कमल खत्रीको नाममा एक विकेट रह्यो।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा मंगलबार कर्णाली प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कोशी ३४.३ ओभरमा १ सय ५१ रन बनाउँदा अलआउट भयो।

सुजन थपलियाले बनाएको ७३ रन नै कोशीका लागि सर्वाधिक रह्यो। सुजनले ७३ बलमा ८ चौका र ४ छक्का मद्धतमा ७३ रन बनाउँदा दिनेश अधिकारीको बलमा बोल्ड आउट भए।

सौजन घिमिरेले १२ र आशिष भट्टराईले ११ रन थपे। ८ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

कोशीलाई कम स्कोरमा रोकन दिनेश अधिकारीले ४ विकेट लिए। उनले ८ ओभरमा १ डेन राख्दै १८ रन दिए। प्रकाश जैसीले ३ विकेट झारे।

६ ओभरमा २ मेडन राख्दै २२ रन खर्चेका दिवान पुनले २ विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .