अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले वर्षको उत्कृष्ट टेस्ट र एकदिवसीय टोली घोषणा गरेको छ।
एकदिवसीय टोलीमा आठ भारतीय क्रिकेटरले स्थान पाएका छन् भने टेस्ट टोलीमा अस्ट्रेलियाका खेलाडीको दबदबा रहे पनि दुई भारतीय खेलाडी पनि सूचीमा परेका छन्।
भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई आईसीसीले एकदिवसीय टोलीको कप्तान बनाएको छ। उनी बाहेक शुभमन गिल, विराट कोहली, मोहम्मद सिराज, कुलदीप यादव र मोहम्मद शामीले पनि टोलीमा स्थान पाएका छन्।
Eight players that featured in the #CWC23 Final have made the cut for the ICC Men's ODI Team of the Year in 2023 ✨
Details 👇https://t.co/AeDisari9B — ICC (@ICC) January 23, 2024
यस सूचीमा भारतीय खेलाडीबाहेक अस्ट्रेलियाका ट्राभिस हेड, न्युजिल्यान्डका डेरिल मिचेल, दक्षिण अफ्रिकाका हेनरिक क्लासेन र मार्को जेन्सेन, अष्ट्रेलियाका एडम जाम्पा छन्।
The Men's Test Team of the Year for 2023 consists of a host of classy performers headed by Australia's courageous skipper 💥
— ICC (@ICC) January 23, 2024
Find out who made the cut 👇https://t.co/rPgPBOYSL9
अस्ट्रेलियाका कप्तान प्याट कमिन्स टेस्ट टिमको कप्तान बनेका छन्। भारतका रवीन्द्र जडेजा र आर अश्विनलाई आईसीसीको टेस्ट टोलीमा समावेश गरिएको छ।
उनीहरुका अलावा टोलीमा अस्ट्रेलियाका उस्मान ख्वाजा, ट्राभिस हेड, एलेक्स क्यारी, मिचेल स्टार्क, श्रीलंकाका दिमुथ करुणारत्ने, न्यूजिल्याण्डका केन विलियम्सन र इंग्ल्यान्डका जो रुट, स्टुअर्ट ब्रोड पनि छन्।
Shares
प्रतिक्रिया