ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको अपराजित यात्रा कायमै

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको अपराजित यात्रा कायमै

नेपालखबर
माघ १०, २०८० बुधबार १५:२२, काठमाडौँ

मधेस प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रालाई कायम राखेको छ। 

बुधबार भएको खेलमा पुलिस क्लबले मधेश प्रदेशमाथि ६ विकेटको जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा यथावत छ। 

प्रधानमन्त्री कपका ५ खेलबाट १० अंक जोडेको पुलिस क्लब मात्र जारी प्रतियोगितामा अपराजित टोली हो। 

मधेसले दिएको ९७ रनको सामान्य लक्ष्य पुलिस क्लबले १८.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। 

पुलिसका लागि सुनिल धमालाले सर्वाधिक २८ रन बनाए। कुशल भुर्तेल १९ रन बनाउँदा बोल्ड आउट भए। 

अमित श्रेष्ठले १५ र आरिफ शेख १६ रनमा अविजित रहे। अर्जुन साउद ७ र दिलिप नाथ ४ रनमा पवेलियन फर्के। मधेसका लागि रन्जित कुमार र अरनिको यादवले समान २ विकेट झारे। 

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेश प्रदेशले २४ ओभरमा ९६ रन बनाउँदा अलआउट भयो। 

मधेसका लागि अरनिको यादवले २३ र कप्तान हरिशंकर शाहले २२ रन बनाए। अविशेक तिवारी ११ रनमा नटआउट रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

मधेसलाई कम स्कोरमा रोक्न पुलिसका लागि सागर ढकालले ५ विकेट लिए। ९ ओभरमा ४१ रन खर्चर्दै उनले ५ विकेट झारे।

ललित राजवंशीले ५ ओभरमा २ मेडन राख्दै १२ रन दिदा ४ विकेट झारे। रसिद खानको नाममा एक विकेट रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .