कप्तान भरत खवासको निर्णायक गोलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
बुधबार पोखरा रगंशालामा भएको खेलमा आर्मीले राइजिङ स्टार एफसीलाई १–० गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो।
आर्मीको जितमा खेलको २७ औं मिनेटमा कप्तान भरत खवासले गरेको गोल नै निर्णायक बन्यो।
आर्मीले अब सेमिफाइनल प्रवेशका लागि संकटा क्लबसँग खेल्नेछ। सो खेल आइतबार हुने तालिका छ।
प्रतियोगितामा भोलि बिहीबार मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लब भिड्नेछन्। उक्त खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।
प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन्।
75
Shares
प्रतिक्रिया