ad ad

खेल


नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित

नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित

नेपालखबर
माघ १०, २०८० बुधबार २१:२७, काठमाडौँ

आईसीसी यू १९ विश्वकपमा नेपाली युवा टोलीले लगातार दोस्रो हार व्यहोरेको छ।

बुधबार भएको समूह डी को आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो।

नेपाल अघिल्लो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो।

नेपालले अब समूह चरणको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानसँग खेल्नेछ।

नेपालले दिएको १ सय ९८ रनको मध्यम लक्ष्य पाकिस्तानले १४ बल अगावै ५ विकेटको क्षतिमा भेट्टायो।

पाकिस्तानविरुद्ध नेपालका आकाश चन्दले तीन विकेट लिएपनि टोलीको हार टर्न सकेनन्।

आकाशले २२ औं ओभरमा पाकिस्तानका दुबै ओपनरलाई पेभेलियनको बाटो देखाए।

पहिलो विकेटका लागि श्यामल हुसैन र सहजैब खानले ८० रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए। तर २२ औं ओभरको दोस्रो बलमा श्यामललाई क्याच आउट गराउँदै साझेदारी तोडेका थिए। सोही ओभरको चौथो बलमा आकाशले सहजैब खानलाई पनि पेभेलियनको बाटो देखाए।

हुसैनले ५९ बलमा ४ चौका र १ छक्का सहयोगमा ३७ रन बनाएर आउट भए। ७० बलमा ३ चौका र १ छक्का हानेका खान पनि क्याच आउट भए।

आकाशले नै अराफत मिनहासलाई ८ रनमा नै क्याच आउट गराए। कप्तान साद वैज शुन्य रनमा आउट भए। दिपेशले अहमद हुसैनलाई २९ रनमा पेभेलियनको बाटो देखाए।
दिपेश कँडेल र आकाश त्रिपाठीले समान एक विकेट आफ्नो नाममा गरे।

अजान अवाइस ६८ र हरोन अर्सद १५ रनमा नटआउट रहे। अवाइसले ८२ बलमा ६ चौका हाने।

त्यसअघि इष्ट लन्डनको वुफेलो पार्कमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा १ सय ९७ रनको योगफल तयार पारेको थियो। नेपालले २५ रन अतिरिक्त पाएको थियो।

आकाश चन्द रन १६ रनमा नटआउट रहे। आकाशले ११ बलमा १ चौका र १ छक्का प्रहार गरे।

ओपनर विपिन रावलले बनाएको ३९ रन नै नेपालका लागि सर्वाधिक रह्यो। ६८ बलमा ४ चौका र १ छक्का मद्धतमा ३९ रन बनाउँदा विपिन अहमद हुसैनको बलमा बोल्ड आउट भए।

दिपक डुम्रे २६ रन थप्दै पवेलियन फर्के। सुवास भण्डारी २० रनमा क्याच आउट भए।

कप्तान देव खनाल २३ रन बनाउँदा क्याच आउट भए। ३७ बलमा ३ चौका हानेका देव लामो सट खेल्ने धुनमा हुँदा अलि अस्फाँदको बलमा क्याच आउट भए।

दिपेश कँडेल १३ रनमा बोल्ड आउट भए। ओपनर अर्जुन कुमाल ६ रन बनाएर पवेलियन फर्के। पाचौं ओभरको दोस्रो बलमा अर्जुन १२ बलमा ६ रन बनाउँदा अहमद हुसैनको बलमा बोल्ड आउट भए।

सातौं ओभरको पाँचौ बलमा आकाश त्रिपाठी ६ रनमा नै क्याच आउट भए। १० बलमा १ चौका हानेका आकाश मोहम्मद हुसैन कै बलमा क्याच आउट हुन पुगे।

उत्तम मगर ४ रन बनाउँदा अरफत मिनहासको बलमा अलि अस्फन्दको हातबाट क्याच आउट भए। ४७ बलमा १० रन बनाएका गुल्सन लामो सट खेल्ने प्रयासमा क्याच आउट भए।
पािकस्तानविरुद्ध मध्यक्रमका ब्याटर चल्न सकेनन्। पावर प्लेमा नेपालले २ विकेट गुमाएर ५५ रन बनाएको थियो।

एक समय १७।१ ओभरमा ०–३ को अवस्थामा रहेको नेपालले १ सय रन पूरा गर्न २ विकेट गुमाउँदै ७ बल खर्चियो।

अरफात मिनहासले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा २३ रन दिदा २ मेडन राखे। अहमद हुसैनले २ विकेट झारे। अलि अस्फद, खुबैव अली र अलि अस्फदले समान १ विकेट लिए।
पाकिस्तानका लागि अरफात मिनहासले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा २३ रन दिदा २ मेडन राखे। अहमद हुसैन र उबैद शाहले समान २ विकेट झारे। अलि अस्फद, खुबैव अली र अलि अस्फदले समान १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .