ad ad

खेल


आहा रारा गोल्डकप : जावालखेल युथ क्लब क्वार्टरफाइनलमा प्रवेश

आहा रारा गोल्डकप : जावालखेल युथ क्लब क्वार्टरफाइनलमा प्रवेश

नेपालखबर
माघ ११, २०८० बिहिबार १७:५८, काठमाडौँ

जावालखेल युथ क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

बिहीबार पोखरा रगंशालामा भएको खेलमा मछिन्द्र फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।

जावलाखेलले अब सेमिफाइनल प्रवेशका लागि १५ गते मनाङमस्र्याङदी क्लबको सामना गर्नेछ।

जावलाखेलको जितमा हिसुब थपलियाले गरेको गोल नै निर्णायक बन्यो। खेलको ३९ औं मिनेटमा हिसुबको गोलमा जावालखेलले अग्रता बनाएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा मछिन्द्र पहिलो खेलबाट नै फर्कनपर्यो।

प्रतियोगितामा शुक्रबार नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्नेछन्। सो खेल दिउँसो साढे २ बजे सुरु हुनेछ। शुक्रबारको खेलसँगै क्वार्टरफाइनल समीकरण पूरा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .