ad ad

खेल


आकाश चन्दले झारे ३ विकेट, दबाबमा अफगानिस्तान

आकाश चन्दले झारे ३ विकेट, दबाबमा अफगानिस्तान

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०८० शुक्रबार १४:३७, काठमाडौँ

आकाश चन्दले लगातार तेस्रो विकेट झारेपछि अफगानिस्तान दबाबमा परेको छ। 

आईसीसी यू–१९ विश्वकपमा नेपालले अफगानिस्तानविरुद्ध पावर प्लेमा उत्कृष्ट प्रर्दशन गरेको छ। 

सुरुवातदेखि नै अफगानिस्तनलाई दबाबमा राखेको नेपालले ८ ओभरमा ४ विकेट झारिसकेको छ। 

इस्ट लन्डनको बफेलो पार्कमा टस जितेर ब्याटिङ गरिरहेको अफगानिस्तानले ८ ओभरमा ४ विकेटको क्षतिमा २७ रन बनाएर खेलिरहेको छ। 

सोहेल खान जुर्मती ४ रनमा क्याच आउट भए। कसिलो बलिङ गरेका आकाश चन्दले तेस्रो विकेट लिएका हुन्। उनले आठौं ओभरको अन्तिम बलमा सोहेललाई क्याच आउट गराए। 

अहिले क्रिजमा हुसैन इसाखिल ९ रनमा नटआउट छन्।

पहिलो ओभरको चौथो बलमा गुल्सन झाले ओपनर नुमान शाहलाई शून्य रनमा नै दीपक डुम्रेको हातबाट क्याच आउट गराए। 

दोस्रो ओभरको तेस्रो बलमा आकाश चन्दले खालिम तनिवाललाई शून्य रनमा विकेट किपर विपिन रावलको हातबाट क्याच आउट गराए। 

छैटौँ ओभरको पाँचौ बलमा आकाश चन्दले नै अर्का ओपनर जम्सुद जड्रानलाई ३ रनमा बोल्ड आउट गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .