ad ad

कला


सिनेमा हलमा डकुमेन्ट्री 'ढोरपाटन' तेस्रो सातामा

सिनेमा हलमा डकुमेन्ट्री 'ढोरपाटन' तेस्रो सातामा

नेपालखबर
माघ १२, २०८० शुक्रबार १४:४१, काठमाडौँ

नेपाली सिनेमा हलमा प्रदर्शनरत डकुमेन्ट्री 'ढोरपाटन' तेस्रो सातामा प्रवेश गरेको छ।

उक्त डकुमेन्ट्री पुस २७ गतेदेखि काठमाडौँको सीडीसी सिनेमाजमा प्रदर्शन भइरहेको हो।

अंग्रेजीमा 'नो विन्टर होलिडेज' नाम दिइएको यस डकुमेन्ट्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डसमेत जितिसकेको छ।

७९ मिनेटको डकुमेन्ट्रीले रित्तो गाउँ चौकीदारी गर्ने सौताहरुको कथा समेटेको छ।

यस डकुमेन्ट्रीले दर्शकहरुको राम्रो साथ पाइरहेको निर्माता तथा निर्देशक राजन कठेत बताउँछन्।

'सुरुमा हामी यस प्रकारको फिल्म/डकुमेन्ट्रीको लागि दर्शकहरु खोज्न चाहन्थ्यौँ। र, उहाँहरुले यस्तो फिल्मलाई मौका दिनुहोस् भनेर मनाउन कोसिस गर्थ्यौं। तर, अहिले दर्शकहरुको माया पाएर हामी दंग छौँ। उहाँहरुले यस्तो फिल्म/डकुमेन्ट्री हेर्न छुटाउनु हुन्न भनेर प्रतिक्रिया दिइरहनुभएको छ। जसकारण यस फिल्मलाई थिएटरमा तेस्रो सातामा प्रदर्शन जारी राख्ने निर्णय गरेका हौँ,' कठेतले भने।

२०७५ फागुनमा निर्माण सुरु गरिएको यस डकुमेन्ट्रीको वर्ल्ड प्रिमियर २०८० मा बेलायतको सेफिल्ड डकफेस्टमा भएको थियो।

यसै वर्ष कोरियामा एसियन प्रिमियर गरिएको डकुमेन्ट्री तिहारअघि भारतको हिमाचल प्रदेशको धरमशालामा आयोजित धरमशाला अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा देखाइएको थियो।

साथै कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा दर्शकबाट प्रशंसा बटुलेको थियो। हालै काजाक्सतानमा आयोजित प्रथम अलटरनेटिभा फिल्म अवार्डमा, ज्युरीका अनुसार ‘सांस्कृतिक महत्त्व बोकेकाले’ यो ‘नेटिभा’ श्रेणीमा पुरस्कृत भएको थियो। हालै भएको नेपाल अन्तराष्ट्रिय मानव अधिकार चलचित्र महोत्सवमा यसले ‘सर्वोत्कृष्ट वृत्तचित्र’ को उपाधि जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .