ad ad

खेल


आकाश चम्किँदा नेपाललाई अफगानिस्तानले दियो १४६ रनको सामान्य लक्ष्य

आकाश चम्किँदा नेपाललाई अफगानिस्तानले दियो १४६ रनको सामान्य लक्ष्य

नेपाली टोली। तस्बिर : Getty Image/espncricinfo


नेपालखबर
माघ १२, २०८० शुक्रबार १६:४६, काठमाडौँ

आईसीसी यू–१९ विश्वकप क्रिकेटमा आफगानिस्तानविरुद्ध तीव्र गतिका बलर आकाश चन्द चम्किँदा नेपालले सामान्य लक्ष्य पाएको छ। 

सुपर सिक्समा प्रवेश गर्नका लागि अफगानिस्तानले नेपाली युवा टोलीसामु १ सय ४६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। 

यो खेलको विजेताले सुपर सिक्सको यात्रा तय गर्नेछ। पराजित हुने टोलीले भने १३ देखि १६ औं स्थानका लागि प्लेअफ खेल्नेछ। 

इष्ट लन्डनको वुफेलो पार्कमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा १ सय ४५ रन बनाउँदा अलआउट भयो। 

अफगानिस्तानविरुद्ध नेपालका तिव्र गतिका बलर आकाश चन्द चम्किदा अफगानिस्तान पूरै ओभर क्रिजमा टिक्न सकेन। 

आकाशले अफगानिस्तानका ब्याटरलाई लामो समय क्रिजमा टिक्न दिएनन्। उनले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए। गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले समान एक विकेट लिँदा दिपेश कँडेलले २ विकेट आफ्नो नाममा गरे। 

अफगानिस्तानलाई कम स्कोरमा रोक्नका लागि पहिलो ओभरमै गुलशन झाले सफलता दिलाएका थिए।  पहिलो ओभरको चौथो बलमा गुल्सन झाले ओपनर नुमान शाहलाई शुन्य रनमै दिपक डुम्रेको हातबाट क्याच आउट गराए।

त्यसपछि आकाश चन्द चम्किँदा अफगानिस्तानको इनिङ धरापमा पर्दै गयो। 

आकाशले आफ्नो पहिलो ओभरमै सफलता हात पारे। 

दोस्रो ओभरको तेस्रो बलमा आकाशले खालिम तनिवाललाई पनि शून्य रनमै विकेट किपर विपिन रावलको हातबाट क्याच गराउँदै पेबेलियन फर्काए। 

क्रिजमा रनका लागि संघर्ष गरेको अफगानिस्तानले आकाशको कसिलो बलिङ सामना गर्न कठिन पर्यो। पाँचौं ओभरको पाँचौं बलमा १७ रन बनाउँदा अफगानिस्तानले जमशिद जड्रानलाई पनि सस्तैमा गुमायो। १४ बल खेलेका जद्रान मात्रै ३ रन जोडेर बोल्ड भए। 

१० रन जोडेपछि अफगानिस्तानको अर्को विकेट धरापमा पर्यो। आठौं ओभरको अन्तिम बलमा सोहिल खान जुरमतीलाई कप्तान देव खनालले आकाशकै बलमा क्याच आउट गरे। 

त्यसपछि पनि आकाशको आक्रमण रोकिएन। १० औं ओभर बलिङ गरेका आकाशले पहिलो बलमै अहली अहमदलाई एलबीडब्ल्यु धरापमा पारे। अहमद शून्य रनमै आउट हुँदा नेपालले पाँचौं सफलता हात पार्यो। 

१२ औं ओभरसम्म पनि अफगानिस्तानी ब्याटरसामु नेपाली बलर आकाश चन्द हाबी भइरहे। 

१२ औं ओभरको तेस्रो बलमा आकाशले व्यक्तीगत पाँचौँ विकेट लिँदा हसन इसाकिल पेबेलियन फर्किने छैठौं ब्याटर बने। जतिबेला अफगानिस्तानको खातामा मात्रै ४३ रन थियो। 

२० रन बनाएका हसनलाई दीपेश कंडेलको हातबाट क्याचआउट गराए। 

त्यसपछि भने नेपालले विकेटका लागि केही संघर्ष गर्नु पर्यो। आठौं क्रममा आएका अफगानिस्तानी अलराउण्डर अल्ला महमद घजानफरले आक्रमक इनिङ्स खेले। 

सातौं विकेटका लागि ४२ लरनको साझेदारी गर्दा उनले मात्रै २१ बलमा ३७ रन जोडेका थिए। 

तर आफ्नो पहिलो ओभर बलिङ गर्न आएका तीलक भण्डारीले घजानफरलाई सुवास भण्डारीको हातबाट क्याच आउट गराए। 

तीलकको बलमा क्याचआउट हुनु अघि घजानफरले पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गरेका थिए। तेस्रो बलमा पनि लामो सर्ट प्रहार गर्न खोज्दा उनी क्याचआउट हुन पुगे। 

त्यसपछि मात्रै तीन रन जोड्दा अफगानिस्तानले अर्को विकेट गुमायो। दिपेशले पनि आफ्नो पहिलो ओभरको तेस्रो बलमै नेपाललाई सफलता दिलाए। 

२१ औं ओभरको तेस्रो बलमा दिपेशले आरव गुललाई शून्य रनमै एलबीडब्लू धरापमा पारे। 

एक समय २०.३ ओभरमा –८ को अवस्थामा रहेको अफगानिस्तानकालागि नवौँ विकेटका लागि कप्तान नासिर खान मारुफखिल र फरिदुन दवोडनाइले ५५ रनको साझेदारी गर्दै इनिङस् उकासेका थिए। नेपालविरुद्ध अफगानीस्तानले बनाएको यो नै सर्वाधिक साझेदारी हो। 

तर कप्तान नासिर खान मारुफखिललाई ३७.४ ओभरमा ३१ रनमा कट एण्ड बोल्ड गर्दै दिपेशले व्यक्तिगत दोस्रो विकेट लिँदै नेपाललाई सामान्य लक्ष्यतर्फ अगाडि बढाए। 

त्यसपछि अफगानिस्तानले २ रन मात्रै थप्न सक्यो। दिपेशले ४१ औं ओभरको पहिलो बलमै फरिदुन दवोडनाइलाई कप्तान देव खनालको हातबाट क्याचआउट गराएसँगै अफगानिस्तान अलआउट भयो।

तस्बिर : नेपाल क्रिकेट संघ (क्यान)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .