ad ad

खेल


लास पालमासलाई हराउँदै रियल शीर्ष स्थानमा

लास पालमासलाई हराउँदै रियल शीर्ष स्थानमा

नेपालखबर
माघ १४, २०८० आइतबार ९:३४, काठमाडौँ

स्पेनिस ला लिगामा लास पालमासलाई जित्दै रियल म्याड्रिड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। 

शनिबार भएको खेलमा रियलले लास पालमासविरुद्ध २–१ को पुनरागमन जित हासिल गरेको हो। 

रियलको जितमा भिनिसियस जुनियर र औरेलिन चुवामेनीले गोल गरे भने पालमासका तर्फबाट जाभियर मुनोजले गोल गरे।

लास पालमासले ५३औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिए पनि दोस्रो हाफमा दुई गोल गर्दै रियल विजयी भएको हो। सान्ड्रो रमिरेजको पासमा मुनोजले गोल गरेर लास पालमासलाई सुरुवाती अग्रता दिएका थिए। 

तर रियलका तर्फबाट ६५औ मिनेटमा एडवार्डो कामाभिंगाको सुन्दर पासमा गोल गर्दै भिनिसियसले खेललाई बराबरी गराएका थिए। दोस्रो गोल रियलले ८४औँ मिनेटमा गर्‍यो। टोनी क्रुसको कर्नरमा चुवामेनीले हेडरमार्फत गोल गरी रियलको जित सुनिश्चित गरेका थिए। 

यो जितसँगै रियल २१ खेलमा ५४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको जिरोनाले समान २१ खेलबाट ५२ अंक बनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .