आईसीसी यू–१९ विश्वकपको सुपर सिक्सअन्तर्गत बंगलादेशविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
ब्लुमफोनटिनस्थित मनगाउङग ओभलमा नेपालका कप्तान देव खनालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
अफगानिस्तानविरुद्धको खेलबाट नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ।
विशाल विक्रम केसी र दुर्गेश गुप्ताले सुरुवातमा स्थान बनाउँदा तिलकराज भण्डारी र दीपक डुम्रे बेन्चमा छन्।
नेपाली युवा टोली सुपर सिक्स खेल्नुअघि नै सेमिफाइनलको दौडबाट बाहिरिसकेको छ।
सुपर सिक्सका आफ्नो पहिलो खेलमा भारत र पाकिस्तान विजय भएसँगै नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको हो।
नेपालले सुपर सिक्समा बंगलादेशपछि भारतसँग खेल्नेछ।
नेपालका लागि सुपर सिक्सका खेल प्रतिष्ठाका लागि मात्र हुनेछ।
219
Shares
प्रतिक्रिया