आईसीसी यू–१९ विश्वकप सुपर सिक्स अन्तर्गत बंगलादेशविरुद्ध पावर प्लेमा नेपालले खराब प्रदर्शन गरेको छ।
बंगालदेशका बलरसामु नेपालका शीर्ष क्रमका ब्याटरहरु क्रिजमा टिक्न नसक्दा नेपालले पावर प्ले मा नै ३ विकेट गुमाएको छ।
ब्लुमफोनटिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले १० ओभरको समाप्तीमा ३ विकेट गुमाएर ३५ रन बनाएर खेलिरहेको छ।
नेपालले पावर प्लेमा गुमाएका तिनै ब्याटर क्याच आउट भए।
ओपनर अर्जुन कुमाल १४ रन बनाउँदा क्याच आउट भए। नवौ ओभरको तेस्रो बलमा अर्जुन लामो सट खेल्ने धुनमा रहँदा रोहनत डौल्लाह बोसेनको बलमा मरुफ मृदाको हातबाट क्याच आउट हुन पुगे।
त्यसअघि नेपालले दोस्रो विकेटका रुपमा आकाश त्रिपाठीलाई गुमाएको थियो। १३ बलमा ३ रन बनाएका आकाश आकाशह इलबाल हुसैन एमोनको बलमा महफुजुर रहमान रब्बीको हातबाट क्याच आउट भए।
त्यसअघि १२ बलमा २ रन बनाएका ओपनर विपिन रावल चौथो ओभरको पाचौँ बलमा मारुफ मृदाको बलमा मोहम्मद रिजवान चौधरीको हातबाट क्याच आउट भए।
अहिले क्रिजमा कप्तान देव खनाल १ र विशाल विक्रम केसी ३ रनमा नटआउट छन्।
Shares
प्रतिक्रिया