ad ad

खेल


दबाबमा नेपाल, कप्तान देव पनि आउट

दबाबमा नेपाल, कप्तान देव पनि आउट

नेपालखबर
माघ १७, २०८० बुधबार १५:५३, काठमाडौँ

नेपाली युवा टोलीका कप्तान देव खनाल ३५ रन बनाउँदै पेभेलियन फर्केका छन्। कप्तान देवले ६० बलमा ३ चौका मद्दतमा ३५ रन बनाउँदा इलबाल हुसैनको बलका क्याच आउट भए।

चौथो विकेटका लागि कप्तान देव र विशाल विक्रम केसीले ६० रनको साझेदारी गर्दै नेपालको इनिङस् उकासे।

बंगालदेशका बलरसामु नेपालका शीर्ष क्रमका ब्याटरहरु क्रिजमा टिक्न नसक्दा नेपालले पावर प्ले मा नै ३ विकेट गुमाएको थियो।  

ब्लुमफोनटिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले २९ ओभरको खेल जारी रहँदा ४ विकेट गुमाएर ९६ रन बनाएर खेलिरहेको छ।

ओपनर अर्जुन कुमाल १४ रन बनाउँदा क्याच आउट भए। नवौ ओभरको तेस्रो बलमा अर्जुन लामो सट खेल्ने धुनमा रहँदा रोहनत डौल्लाह बोसेनको बलमा मरुफ मृदाको हातबाट क्याच आउट हुन पुगे।

त्यसअघि नेपालले दोस्रो विकेटका रुपमा आकाश त्रिपाठीलाई गुमाएको थियो। १३ बलमा ३ रन बनाएका आकाश आकाशह इलबाल हुसैन एमोनको बलमा महफुजुर रहमान रब्बीको हातबाट क्याच आउट भए।

त्यसअघि १२ बलमा २ रन बनाएका ओपनर विपिन रावल चौथो ओभरको पाचौँ बलमा मारुफ मृदाको बलमा मोहम्मद रिजवान चौधरीको हातबाट क्याच आउट भए।

अहिले क्रिजमा विशाल विक्रम केसी २३ रनमा नटआउट छन्। क्रिजमा गुल्सन झा आएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .