ad ad

कला


शाहिद भन्छन् : ‘चकलेटी ब्वाइ’को ट्याग कहिल्यै मन परेन

शाहिद भन्छन् : ‘चकलेटी ब्वाइ’को ट्याग कहिल्यै मन परेन

नेपालखबर
माघ १७, २०८० बुधबार १६:२, काठमाडौँ

बलिउड अभिनेता शाहिद कपुर चाँडै नयाँ फिल्म ‘तेरी बातों मे ऐसा उल्झा जिया’ मा देखिँदैछन्। फिल्मको प्रचारप्रचारका क्रममा पुगेका शाहिदले एक अन्तर्वार्तामा आफूलाई चकलेट ब्वाइको ट्याग कहिल्यै मन नपरेको बताएका छन्।

शाहिदले सन् २००३ मा ‘इश्क विश्क’ बाट आफ्नो अभिनय करियर सुरु गरेका थिए। डेब्यु फिल्मबाट उनलाई ‘चकलेटी ब्वाइ’भन्न थालियो। तर, डेब्यु फिल्मको सम्झना गर्दै शाहिदले आफूलाई यो ट्याग पटक्कै मन नपरेको खुलासा गरेका छन्।

‘जब मैले ‘इश्क विश्क’ गरेँ, मसँग जोडिएको शब्द ‘चकलेट ब्वाइ’ थियो। मलाई साह्रै नराम्रो लाग्यो, मैले सोचे यो चकलेट ब्याइ के हो? किनकी म एक कलाकार हुँ। म राम्रो देखिन मात्र चाहन्न। राम्रो देखिनु, राम्रो लुगा लगाउनु भनेको माथिको तह मात्र हो। अभिनयको प्रक्रिया गहिराइमा जानुपर्छ। त्यसैले मैले आफूलाई पूरै परिवर्तन गरें। म सेभ भएर बारम्बार एउटै कुरा गर्न चाहन्थे। किनकी एक अभिनेताको लागि रचनात्मक हुनु धेरै महत्त्वपूर्ण छ’ उनले भने।

एउटा कलाकार भएपछि आफ्नो क्यारेक्टरमा एक्सपेरिमेन्ट गर्नु निकै जरुरी रहेको उनको भनाइ छ।

उनी भन्छन्, ‘मलाई एउटै कुरा बारम्बार गर्न मन लाग्दैन। मलाई थाहा भए पनि धेरै कलाकारले यस्तै भूमिका खेलेर सफल भएका छन्। इमानदारीपूर्वक भन्नुपर्दा उनीहरूको सफलताको रणनीति वा कुनै फिल्म व्यावसायिक रूपमा हिट हुन्छ कि प्रायः यसैमा भर पर्छ। तर म त्यस्तो छैन। म मनदेखिनै रचनात्मक हुँ।’  

अघि थप्दै भने, ‘म सुरक्षित हुन बारम्बार एउटै भूमिका गर्न सक्दिन। म हरेक पटक केहि नयाँ र चुनौतीपूर्ण गर्न चाहन्छु। मलाई थाहा छ यो गाह्रो छ। तर केहि नयाँ प्रयास गर्दा असफल हुनु गलत होइन, किनकि तपाईले त्यो असफलताबाट धेरै कुरा सिक्नुहुन्छ।’

आजको समयमा मानिसहरु निकै छोटो समयको लागि सोच्ने गरेको उनी बताउँछन्।

शाहिद फिल्म ‘तेरी बातों में उलझा जिया’ मा कृति सेननसँग पहिलोपटक देखिँदैछन्। रोमान्स कमेडी जनरामा बनेको यो फिल्म ९ फ्रेबुअरीबाट रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .