आईसीसी यू-१९ विश्वकपको सुपर सिक्समा बंगलादेशसामु नेपाल संकटपूर्ण अवस्थामा पुगेको छ।
बंगालदेशका बलरसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेका छैनन्।
नेपालले ३७ ओभरको खेल जारी रहँदा ६ विकेट गुमाएर १ सय २५ रन बनाएर खेलिरहेको छ।
छैटौँ विकेटका रुपमा नेपालले दिपक बोहोरालाई ३ रनमा गुमाएको छ।
त्यसअघि अलराउण्डर गुल्सन झा ३ रन बनाउँदै आउट भए। सिनियर टोलीमा फिनिसरको छवी बनाएका गुल्सन उमेर समुहमा चल्न सकेका छैनन्। मुख्य प्रशिक्षक जगत टमाटाले पनि उनलाई बेन्चमा राख्ने चुनौती लिन सकेका छैनन्।
ब्लुमफोनटिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले ३८ ओभरको खेल जारी रहँदा ६ विकेट गुमाएर १ सय २७ रन बनाएर खेलिरहेको छ।
कप्तान देव खनाल ३५ रन बनाउँदै पेभेलियन फर्केका छन्। कप्तान देवले ६० बलमा ३ चौका मद्धतमा ३५ रन बनाउँदा इलबाल हुसैनको बलका क्याच आउट भए।
चौथो विकेटका लागि कप्तान देव र विशाल विक्रम केसीले ६० रनको साझेदारी गर्दै नेपालको इनिङस् उकासे।
बंगालदेशका बलरसामु नेपालका शीर्ष क्रमका ब्याटरहरु क्रिजमा टिक्न नसक्दा नेपालले पावर प्ले मा नै ३ विकेट गुमाएको थियो।
ओपनर अर्जुन कुमाल १४ रन बनाउँदा क्याच आउट भए। नवौ ओभरको तेस्रो बलमा अर्जुन लामो सट खेल्ने धुनमा रहँदा रोहनत डौल्लाह बोसेनको बलमा मरुफ मृदाको हातबाट क्याच आउट हुन पुगे।
त्यसअघि नेपालले दोस्रो विकेटका रुपमा आकाश त्रिपाठीलाई गुमाएको थियो। १३ बलमा ३ रन बनाएका आकाश आकाशह इलबाल हुसैन एमोनको बलमा महफुजुर रहमान रब्बीको हातबाट क्याच आउट भए।
त्यसअघि १२ बलमा २ रन बनाएका ओपनर विपिन रावल चौथो ओभरको पाचौँ बलमा मारुफ मृदाको बलमा मोहम्मद रिजवान चौधरीको हातबाट क्याच आउट भए।
अहिले क्रिजमा विशाल विक्रम केसी ४४ रनमा नटआउट छन्।
Shares
प्रतिक्रिया