ad ad

खेल


कतार एसियन कपको सेमिफाइनलमा

कतार एसियन कपको सेमिफाइनलमा

नेपालखबर
माघ २१, २०८० आइतबार ७:९, काठमाडौँ

साविक विजेता कतार एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

गएराति आफ्नै घरेलु मैदानमा भएको खेलमा उज्वेकिस्तानलाई ३-२ को गोल अन्तरले पराजित गर्दै कतार एसियन कपको अन्तिम चारमा पुगेको हो।

गोलरक्षक मिशाल बार्शामले पेनाल्टी सुटआउटमा ३ वटा बचाउ गरेपछि कतार विजयी बन्यो। 

निर्धारित समय र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो। टाइब्रेकरमा कतारका गोल किप्पर बार्शामले उज्वेकिस्तानका अशुरमाटोभ, अब्दिराहमाटोभ र माशारिपोभको पेनाल्टी रोकेका थिए।

कतारका अल्मोएज अलीको पेनाल्टी पनि उज्वेकिस्तानका गोलरक्षकले रोकेका थिए।  

निर्धारित समयको २७ औं मिनेटमा उत्किर युसुपोभको आत्मघाती गोलको मद्दतमा कतारले खेलमा सुरुवाती अग्रता बनाएको थियो। उज्वेकिस्तानका लागि खेलको ५९औं मिनेटमा ओदिलजोन खाम्रोबेकोभले गोल गरेर खेललाई बराबरीको अवस्थामा ल्याएका थिए। 

कतारले फाइनल प्रवेशका लागि अब इरानसँग खेल्नुपर्ने। इरानले शनिबार नै जापानलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाइसकेको छ।गएराति नै भएको क्वाटरफाइनल खेलमा इरानले जापानलाई २-१ गोल अन्तरले पराजित गरेको हो। 

एसियन कपको अर्को सेमिफाइनल खेल जोर्डन र दक्षिण कोरियाबीच हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .