ad ad

खेल


दक्षिण अफ्रिकालाई हराउँदै भारत यू-१९ विश्वकपको फाइनलमा

दक्षिण अफ्रिकालाई हराउँदै भारत यू-१९ विश्वकपको फाइनलमा

नेपालखबर
माघ २४, २०८० बुधबार ६:४८, काठमाडौँ

दक्षिण अफ्रिकामा जारी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई दुई विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ। 

दक्षिण अफ्रिकाले दिएको २४४ रनको लक्ष्य भारतीय टोलीले आठ विकेट गुमाएर पूरा गरेको हो। भारतका लागि सचिन धसाले सर्वाधिक ९६ रन र कप्तान उदय सहारनले ८१ रन बनाए। दुवैले पाँचौँ विकेटका लागि कीर्तिमान १७१ रनको साझेदारी गरे।

यो साझेदारी यस्तो समयमा भएको हो, जब भारतले ३२ रनमा चार विकेट गुमाएको थियो।

यसअघि दक्षिण अफ्रिकाले जुआन ड्रे प्रिटोरियसको ७६ र रिचर्ड स्लेट्सवेनको ६४ रनको सहयोगमा निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २४४ रन बनाएको थियो।

भारतका लागि राज लिम्बानीले ३ तथा मुशीर खानले २ विकेट लिए।

२४५ रनको लक्ष्य पछ्याउन उत्रिएको भारतीय टोलीको सुरुवात निकै खराब रह्यो। रन पछ्याउने क्रममा पहिलो बलमा भारतका स्टार ओपनर आदर्श सिंह माफाकालाई विकेटकिपर प्रिटोरियसले क्याच दिए।

तर कप्तान उदय सहारन र सचिन धसको ब्याटिङका ​​कारण भारत विजयी भयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .