क्यानडाविरुद्ध जारी एकदिवसिय क्रिकेटमा कुशल भुर्तेलले अर्धशतक बनाएका छन्।
उनले ४४ बलमा ५१ रन जोडेका हुन्। उनले ८ चौका र १ छक्कासमेत प्रहार गरेका छन्।
ओपनर भुर्तेलले आक्रामक सुरुवात गरेका हुन्।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी छ।
नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो।
प्रतिक्रिया