लामो समयपछि टोलीमा पुनरागमन गरेका पवन सर्राफ १५ रन बनाउँदै आउट भएका छन्।
३४ बलमा १ चौका हानेका पवन शाहिद अहमजाइको बलमा एलबीडब्लु धरापमा परे। घरेलु प्रतियोगितामा उच्च प्रर्दशन गर्दै आएका पवन राष्ट्रिय टोलीमा भने खासै चल्न सकेका छैनन्।
३९ ओभरको पाचौँ बलमा ५० बलमा ४ चौका हानेका आरिफ शेख ३८ रन बनाउँदै उदय भगवानको बलमा बोल्ड आउट भए।
त्यसअघि कुशल मल्ल २० रन बनाएर क्याच आउट भए। ३२ बलमा १ चौका र १ छक्का हानेका कुशल मल्ल क्याच आउट भए।
नेपालले चौथो विकेटका रुपमा भिम सार्कीलाई गुमायो। २३ ओभरको तेस्रो बलमा भिम साद विन जफरको बलमा एलबीडब्लु धरापमा परे।
२६ बलमा २ चौका हानेका भिम १७ रनमा बनाउँदै पेभेलियन फर्के।
१९ ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल ६२ रन बनाउँदै आउट भएका थिए। ५७ बलमा ९ चौका र १ छक्का प्रहार गरेका ओपनर कुशल भुर्तेल ६२ रनमा साद विन जफरको बलमा विकेट किपर श्रेयास मोभ्भाको हातबाट आउट भए।
क्यानडाविरुद्ध आक्रमक ब्याटिङ गरेका कुशलले १४ औँ ओभरको चौथो बलमा ४४ बलमा ८ चौका र १ छक्का मद्दतमा अर्धशक पूरा गरेका थिए। त्यसअघि नेपालले कप्तान रोहित पौडेललाई गुमाएको थियो। १७ बलमा १ चौका मद्धतमा ८ रन बनाएका कप्तान पौडेल १५ औँ ओभरको तेस्रो बलमा क्याच आउट भए।
पहिलो विकेटका रुपमा ओपनर आरिफ शेख पनि क्याच आउट भएका थिए। आरिफ दशौँ ओभरको पहिलो बलमा ८ रन बनाउँदा नै आउट हुन पुगे। पहिलो विकेटका रुपमा आरिफ र कुशलले ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले ४२ ओभरका समाप्तीमा ७ विकेटको क्षतिमा १ सय ८१ रन बनाएर खेलिरहेको छ।
Shares
प्रतिक्रिया