सोलुखुम्बुमा वृद्धभत्ता लिएर सदरमुकामबाट घर फर्किने क्रममा एकजना वृद्धको बाटोमै मृत्यु भएको छ।
वृद्धभत्ता लिएर सदरमुकाम सल्लेरीबाट घर फर्किने क्रममा सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार सोलुदूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा नआएपछि हेर्न जाँदा जीपमै मृत भेटिएका थिए। उनको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ।
45
Shares
प्रतिक्रिया