ad ad

खेल


क्यानाडालाई नेपालले दियो २ सय २५ रनको सामान्य लक्ष्य

क्यानाडालाई नेपालले दियो २ सय २५ रनको सामान्य लक्ष्य

तस्बिर : क्यान नेपाल


नेपालखबर
माघ २५, २०८० बिहिबार १३:५, काठमाडौँ

क्यानडासँगको तीन खेलको एक दिवसीय सिरिजको पहिलो खेलमा नेपालले पाहुना टोलीविरुद्ध २ सय २५ रनका सामान्य लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २ सय २४ रनमा अलआउट भयो। 

पहिलो विकेटका लागि ओपनर कुशल र आशिफ शेखले ९.१ ओभरमा ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। 

ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रनको योगदान दिए। १९ ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल ५७ बलमा ९ चौका र १ छक्का प्रहार गरेका ओपनर कुशल भुर्तेल ६२ रनमा साद विन जफरको बलमा विकेट किपर श्रेयास मोभ्भाको हातबाट आउट भए। 

क्यानडाविरुद्ध आक्रमक ब्याटिङ गरेका कुशलले १४ औँ ओभरको चौथो बलमा ४४ बलमा ८ चौका र १ छक्का मद्धतमा अर्धशक पूरा गरेका थिए। 

तर मध्यक्रमका ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा नेपाल विशाल योगफल बनाउनबाट चुक्यो। 

आरिफ शेखले ३८ रन थपे। ५० बलमा ४ चौका हानेका उदय भगवानको बलमा बोल्ड आउट भए। 

३२ बलमा १ चौका र १ छक्का हानेका कुशल मल्ल २० रन बनाउँदै क्याच आउट भए। भिम सार्की १७ रनमा एलबीडब्लु धरापमा परे। 

सोमपाल कामी २७ रन बनाउँदा क्याच आउट भए। २३ बलमा १ छक्का र २ चौका हानेका सोमपाल उदय भगवानको बलमा क्याच आउट हुन पुगे। 

राष्ट्रिय टोलीमा पुनरागमन गरेका पवन सर्राफ १५ रन बनाउँदै एलबीडब्लु धरापमा परे। घरेलु प्रतियोगिता उच्च प्रर्दशन गर्दै आएका पवन राष्ट्रिय टोलीमा भने खासै जम्न सकेका छैनन्। 

आशिफ शेख र कप्तान रोहित पौडेल समान ८ रन बनाउँदै पेभेलियन फर्के। सुर्य तामाङ १० रनमा नटआउट रहे। रिजन ढकाल ४ र ललित रावंशी १ रनमा आउट भए।

क्यानडाका लागि उदय भगवानले ३ विकेट लिए। साख विन जफर र इश्वरजत सोहीले समान २ विकेट दिए। साहिद अमजाइ र हर्स डाकेरले समान १ विकेट लिए। 

पाहुना टोली क्यानडाले अब केही बेरमा घरेलु टोलीविरुद्ध जवाफि ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .