ad ad

खेल


डेब्यु खेलमा रिजनले दिलाए नेपाललाई पहिलो सफलता

डेब्यु खेलमा रिजनले दिलाए नेपाललाई पहिलो सफलता

नेपालखबर
माघ २५, २०८० बिहिबार १३:४८, काठमाडौँ

तीव्र गतिका बलर रिजन ढकालले डेब्यु खेलको पहिलो ओभरमै क्यानाडाको विकेट झारेका छन्। 

घरेलु मैदानमा सुरु तीन खेलको एक दिवसीय सिरिजको पहिलो खेलमा डेब्यु गरेका रिजनले आफ्नो पहिलो ओभरमै विकेट लिँदै नेपाललाई सफलता दिलाएका छन्। 

रिजनले तेस्रो ओभरको पाचौँ बलमा ओपनर नभनित डालिवाललाई ६ रन बनाउँदा आरिफ शेखको हातबाट क्याच आउट गराए। 

नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडाले ३ ओभरको समाप्तीमा १ विकेटको क्षतिमा १० रन बनाएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा २ सय २४ रनमा अलआउट भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .