कप्तान रोहित पौडेल एक्लैले तीन विकेट लिएपछि नेपाल भ्रमणमा रहेको क्यानडा दबाबमा आएको छ।
नेपालले दिएको २ सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४५ ओभरमा ८ विकेटको क्षतिमा २ सय रन बनाएर खेलिरहेको छ।
क्यानडाको मध्यक्रमका ब्याटर चलेपछि नेपाल दबाबमा आएको थियो।
नेपालका कप्तान रोहित पौडेलले ३ विकेट लिए। ललित राजवंशीले २ विकेट लिए।
यस्तै कुशल मल्ल, सोमपाल कामी, रिजन ढकाल र पवन सर्राफले समान एक विकेट लिए।
क्यानडाका लागि निकोलस कीर्तनले सर्वाधिक ६८ रन बनाए। पारगत सिहं ५० रनमा आउट भए। हर्स ठाकरेले ३२ र आरोन जोनसनले २० रन बनाए।
क्यानडाका लागि निचोलस कीर्तोनले सर्वाधिक ६८ रनको योगदान दिए। ९९ बलमा ७ चौका हानेका निचोलस पवन सर्राफको बलमा बोल्ड आउट भए।
तेस्रो विकेटका रुपमा पारगत र निकोलस किर्तोनले ७९ रनको साझेदारी गर्दै क्यानडाको इनिङस् बढाएका थिए। टोलीका कप्तान रोहित पौडेलले ५८ बलमा ९ चौका हान्दै ५० रन बनाएका पारगत सिंहलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै नेपाललाई महत्वपुर्ण सफलता दिलाएका थिए।
४३ बलमा ३ चौका हानेका हर्ष ठाकरे ३२ रन बनाउँदा कुशल मल्लको हातबाट बोल्ड आउट भए।
ओपनर आरोन जोनसन २० रन बनाउँदा सोमपाल कामीको बलमा एलबीडब्लु धरापमा परे। नवनित डालिवाल ६ रनको रिजन ढकालको बलमा आरिफ शेखको हातबाट क्याच आउट भए। रिजनले डेब्यु विकेट लिएका हुन्।
यास मोभ्भा १ रन बनाउँदा रोहित पौडेलको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए।
Shares
प्रतिक्रिया