ad ad

खेल


फुटबलमा रातो र पहेँलोसँगै अब निलो कार्ड पनि!

फुटबलमा रातो र पहेँलोसँगै अब निलो कार्ड पनि!

नेपालखबर
माघ २६, २०८० शुक्रबार १५:४९, काठमाडौँ

फुटबलमा अब रातो र पहेँलोसँगै निलो कार्ड पनि प्रयोगमा ल्याउने विषयमा बहस भइरहेको छ।

फुटबलको कानुन बनाउने नियामक निकाय अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (इफाब) ले निलो कार्ड प्रयोगका सम्बन्धमा घोषणा गर्न लागेको बीबीसीले जनाएको छ। 

ग्रासरुट लेभलमा निलो कार्डको प्रयोग गरिए पनि सिनियर लेभलमा यसको प्रयोग उचित नहुने फुटबलको सर्वोच्च निकाय (फिफा) ले जनाइसकेको छ। 

निलो कार्डको प्रयोगका सम्बन्धमा प्रिमियर लिग र फिफाले पनि विरोध गरिरहेका छन्। 

खेलाडीले खेल भावनाविपरीत काम गरेमा रेफ्रीले निलो कार्ड देखाउनेछन्। निलो कार्ड देखाएपछि खेलाडीलाई १० मिनेट सिन–बिन एरियामा राखिनेछ। 

निलो कार्डको सम्बन्धमा यसअघि मार्च १ मा हुने इफाबको वार्षिक साधारणसभामा छलफल गरिनेछ। 

सिन–बिन एरियाका बारेमा सन् २०१८ मा नै छलफल भएको थियो। २०१९–२० को सिजनमा ग्रासरुट फुटबलमा यसको प्रयोग गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .